एनओएको १८ औ राष्ट्रिय सम्मेलनमा डा प्रा चुन्डा बज्राचार्य नेपालबाट प्रमुख वक्ताको रुपमा आउने

विजय थापा २०७६ जेठ ८ गते १०:४४ मा प्रकाशित

डिसी ।नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए)को १८ औ राष्ट्रिय सम्मेलनको लागि तयारी लगभग पुरा भएको छ । आगामी मे २५ ,शनिबार २०१९ का दिन मेरिल्याण्ड राज्यकोबेथेसठा शहरमा हुने हुने छ भने आयोजक समिति अहोरात्र खटिई रहेका छन् ।

५ वटा शाखा समेत रहेको एएनओ सम्मेलनको लागि  विभिन्न राज्यहरुबाट पदाधिकारी तथा अतिथिहरु शुक्रबार साँझ सम्म आई पुग्ने छन् । यस बर्षको सम्मेलनको नारा ” नेवा एक्सपेट्रीएट : च्यालेञ्जेज,अपरचुनिटि एण्ड ससटेनेबिलिटी इन कल्चरल ड़ाईभरसिटि ‘ अर्थात् प्रवासी नेवा : सांस्कृतिक विविधतामा चुनौती, अवसर र स्थिरता राखिएको छ ।

सम्मेलनमा वक्ताहरुको समूह -बहस छलफल कार्यक्रम समेत हुने छ । प्रसिद्ध नेवा स्कलर (भाषा बिज्ञ/अध्येता )अनुसन्धानकर्ता डा प्रा चुन्डा बज्राचार्य नेपाल बाट प्रमुख वक्ताको रुपमा आउनु हुने भएको छ । बज्राचार्य नेपाल भाषा ,साहित्य तथा संस्कृतिका बिज्ञ हुनु हुन्छ । डा प्रा चुन्डा बज्राचार्यको साथै बहस कार्यक्रमको लागी डा एलेना श्रेष्ठ , प्रभाश श्रेष्ठ ,राजिव कर्माचार्य लगायत हुने छन् ।

अध्यक्ष पुष्कर प्रजापतिले यस क्षेत्रमा बसोबास गर्नु हुने सबै नेपाली समुदायलाई सहभागी हुन अनुरोध गरेका छन ।

कार्यक्रम संचालन डा सुगन्ध तुलाधरले गर्ने छन् भने उक्त कार्यक्रम को सत्र डा रोशन लाल श्रेष्ठले गरि रहेका छन् ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की /( बिद्या वारिधि ) प्रमुख अतिथि रहनु हुनेछ । सम्मेलनमा नेवा समुदायको प्रसिद्ध खाजा तथा रात्री भोज समयबजी ,भोये नेवा परम्परा अनुसार सत्कार गरिने छ ।

सम्मेलनमा प्रसिद्ध कलाकारहरु संजीप प्रधान,सृजन ताम्राकार ,लोचनी तारा शाक्य लगायत स्थानीय कलाकरहरुको प्रस्तुति हुनेछ । कार्यक्रम ठिक १२ बजे बाट सुरुवात हुने छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया