सन्दिपले भने:’ क्रिकेट रंगशाला बनाऔं , नेपालको नाम चम्काउन गाह्रो छैन'(भिडियो )

इनेप्लिज २०७६ जेठ ५ गते १३:५८ मा प्रकाशित


नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समय भित्रै बनाउने गरि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

आइपिएल २०१९ सकाएपछि फर्किएका सन्दिपले चितवनमा आयोजित कार्यक्रममा खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु प्रदान गर्न सके क्रिकेटबाट नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए ।

‘अरुको देशको रंगशाला हेर्दा र नेपालको हेर्दा धेरै फरक छ अहिले थुप्रै खेलाडीहरु उत्पादन भएका छन् तर हाम्रोमा राम्रो संग खेल्ने मैदान समेत छैन’,उनले भने ।

लामिछानेले चितवनमा बन्न लागेको खेल मैदानलाई समय भित्र सम्पन्न गर्न १/१ रुपैया भएपनि सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया