मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा

इनेप्लिज २०७६ वैशाख ३१ गते ११:०७ मा प्रकाशित

लगनखेलमा मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा खुलेको छ । नायिका बर्षा सिवाकोटीले उक्त शाखाको उद्घाटन गरेकी हुन् ।बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ भने यो तेश्रो शाखा हो । पार्लरको चौथो शाखा चावहिल एरियामा खोल्ने तयारीमा रहेको संचालिका गिरीले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् ।

उनले भनिन्, ‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन । त्यसैले मायाजको सेवा सुबिधा लिन मा आतुर छु । र मायाजले नाम जस्तै सबैको माया पाओस् ।’ पार्लरले नायिका सिवाकोटीका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निशुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको ब्यबस्ता गरेको छ । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको ब्यबस्ता समेत गरेको छ ।

 

प्रतिक्रिया