चर्चामा मेलिना राई र हरि लम्सालको ‘ परानै दिन्छु ‘ ( भिडियो )

इनेप्लिज २०७६ वैशाख ३१ गते १०:२२ मा प्रकाशित

म्युजिक भिडियोमा डान्सिङ प्याट्रन र फिल्ममा लोक फ्युजनका गीत संगीतको ट्रेन्ड अहिले  नेपाली संगीत बजारमा छ।  डिजिटल बजारमा उपलब्ध यी गीत संगीतको चर्चा र आयु कति होला धेरैमा केही महिना । भिडियो हिट हुन्छ भिडियोका मोडेल र डान्सर हिट हुन्छन तर गायक , संगीतकार र रचनाकार  भने सधै छायांमा पर्छन।
सिर्जनामा दम छ भने गायक , कलाकार र रचनाकारको पनि खोजी , प्रशंसा र चर्चा हुन्छ भन्ने उदाहरण बनेको ‘ परानै दिन्छु ‘ म्युजिक भिडियो । छोटो समयमा नै लोकप्रीय बनेको यस गीतको भिडियोलाई १० लाख भिउज प्राप्त भएको छने भने मिडिया र दर्शक सोर्ता बाट  राम्रो रिभिउ पनि प्राप्त भैरहेको छ।
यस गीतमा शब्द प्रलाद शाहको रहेको छ भने  संगीत हरि लम्सालको रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।
अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा  कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको  कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

प्रतिक्रिया