लक्ष्मी खत्री मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएकी थिईन। दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको छिमेकीले बताए। यद्दपी उनका श्रीमानले भने दाइजोको कारण कुटपिट भएको आरोप झुटो भएको दाबि गरेका छन्। उनले भने, ‘हामीले दाइजो कहिले मागेका छैनौ । मलाई श्रीमतीको मृत्यु हुँदा रक्सिमा लिप्त भयो भने आरोप आयो जुन झुट हो । मैले होटेलमा चुरोट र पानी मात्रै खाएर निस्किएको थिए ।’
मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। नन्द वा श्रीमानले हटाएको परिवारको आशंका छ। मृतकका श्रीमानले भने आफुले उनको फेसबुक नचलाएको बताए।
बिहीबार मात्रै सासुको कुटाईबाट घाइते भएकी लक्ष्मीले स्थानीय मेडिकलमा उपचार गराएकी थिइन्। उनको आँखामा निलडाम रहेको छिमेकीले बताएका छन्। बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन। अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन्।
लक्ष्मीका ससुरा चन्द्रबहादुर खत्री, नन्द अस्मिता खत्रीको समेत मिलेमतो रहेको स्थानियको दाबी छ।
https://www.youtube.com/watch?time_continue=12&v=cSC9IWUaKkQ
प्रतिक्रिया