साईला माया नलाम भो’मा प्रदीप र बेनिशाको माया-प्रेम

इनेप्लिज २०७६ वैशाख २७ गते २१:५३ मा प्रकाशित


बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साईला माया नलाम भो’ बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन् ।

यस गीतबाट आफू निकै आशावादी रहेको बसन्त सापकोटाले बताए । उनले भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक-स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।’ त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

सार्वजनिक उक्त गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।
हेर्नुहोस् गीत :

प्रतिक्रिया