नेपाल र होण्डुरसको टिपिएस म्याद बढ्यो

यादवराज जोशी २०७६ वैशाख २७ गते १८:४३ मा प्रकाशित

 

यादवराज जोशी ,नेपाल र होण्डरसको स्थायी सुरक्षित दर्जा (टिपिएस) म्याद बढाइएको अमेरिकाको संघीय पञ्जीकाधिकारी (फेडलर रजिस्टार) ले शुक्रबार जनाएको छ । फेडलर रजिस्टारका अनुसार, नेपालको टिपिएस मार्च २४, २०२० सम्म र होण्डुरसको जनवरी ५, २०२० सम्म बैध हुनेछ । नेपालको टिपिएसको म्याद नौ महिना बढेको हो ।

नेपाल र होण्डुरसको टिपिएस अन्त्य गर्ने अमेरिकी सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेकोले म्याद बढाईएको हो । टिपिएसको बढाईएको म्याद नसकिदै नेल्सन विरुद्ध भट्टराई साथै नेल्सन विरुद्ध रामोस मुद्दाको अन्तिम निर्णय भएमा अमेरिकी सरकारले अमेरिका छाडन वा अर्को प्रक्रिया (स्टासस)मा जान थप समय दिने पनि सुचनामा उल्लेख छ ।

नेल्सन विरुद्ध रामोस मुद्दामा अमेरिकी सरकारले क्यालिफोर्निया डिस्ट्रक्ट कोर्टको फैसलाविरुद्ध अपिल गरेको छ । नेपाल र होण्डुरसको मुद्दा पनि समान प्रकृति छ । त्यसैले नेल्सन विरुद्ध भट्टराईलाई पनि एउटै श्रेणीमा राखिएको छ । यसअघि नेल्सन विरुद्ध रामोस मुद्दाका वादी राष्ट्र सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरको टिपिएसको म्याद बढी सकेको छ ।

यसैबीच यूएससिआईएसले आफ्नो वेवसाईटमा टिपिएसको म्याद थपिएको अवधि मार्च २४, २०२० (नेपाल) र जनवरी ५, २०२० (होण्डुरस) सम्म वर्क परमिट मान्य रहने जनाएको छ । थप भएको स्वदेश वा विदेश यात्रा गर्न चाहने टिपिएसवाहकलाई आवश्यक पर्ने ट्राभल डकुमेन्टका बारेमा सुचनामा केही बताइएको छैन ।

टिपिएससंग सम्व्न्धित कागजात स्विकृति जानकारी (एप्रुभल नोटीस), वर्क परमिट (इम्प्लोएमेन्ट अथोराईजेसन डकुमेन्ट) सबैको म्याद स्वतः नौ महिना बढेको पनि फेडलर रजिस्टारले जनाएको छ । टिपिएसको म्याद थपिदा करिव ६५ हजार नेपाली र होण्डुरसका टिपिएसवाहक लाभान्वित भएका छन् ।

प्रतिक्रिया