कविता: तीन शहर: तीन अनुभूति -सुशील नेपाल

इनेप्लिज २०७६ वैशाख २६ गते २२:४६ मा प्रकाशित

१.पोखरा

अनुहारमा लालित्य छ झललल,

तल सेती खोला सलवलाऊंछ खलखल,

मदमस्त मुद्रामा घाम ओडेर,

मुसुक्क हांस्छ विहानी,

शीरमा शीरपेंज लगाएकी,

महारानी जस्तै,

माछापुछ्रे !

२ काठमाण्डू

टक्क अडेर,तल हेर्छन

विर्मग्घम मुद्रामा मंदीरहरू

सुस्तरी पाईला चाल्छ र अगाडि बग्छ

फूईं , फ़ूईं,चूरोट तान्छ र वेस्सरी खोक्छ,

चीसो सिरेटोको दोलांई वन्छ वादल,

हिमालका आकृतिहरू विलाउंदै जान्छन,

र झोक्क्राऊंछ यो शहर !

३.वोस्टन

नित्य मौनतामा,सरक्क अगाडि वढछ,

र दिन शुरू हुन्छ,तनक्क आंग तान्दै,

भूराहरू कुदछन पाठशाला तिर,

गुरूहरू आखवारलाई ऊत्तानो पारेर,

विश्वलाई नै चीरफार गर्छन,

हात हातमा आईफ़ोन बोकेका छन थरि, थरिका मान्छेका हूल,

न कसैलाई,कसैको चासो छ,

दौड़ा दौड़ भागाभाग छ,

ठुकठुकाऊंदै चीसो,

विवशताको सिरक ओढेर,

अनिंदो छ यो शहर !

५/९/१९

राजमित्र प्रागण,

माल्डेन, वोस्टन,

अमेरीका

वोस्टन

अमेरीका

प्रतिक्रिया