सुनिता अधिकारी र प्रकाश सपुतको ‘लुरुरु हुरुरु’ टिक–टकमा पनि भाइरल

इनेप्लिज २०७६ वैशाख २५ गते ११:१८ मा प्रकाशित


काठमाडौँ । समधुर स्वरकी धनी सुनिता अधिकारी र गायक प्रकाश सपुतको नयाँ दोहोरी गीत ‘लुरुरु हुरुरु’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर बनाइएको गीतको सयौँले टिक टक भिडियो बनाइसकेका छन् । युट्युवमा रिलिज भएको चार दिनमै ४ लाख दर्शकले यो गीत हेरिसकेका छन् ।

गायक प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा प्रकाश र सुनिता स्वयमले बेजोड अभिनय गरेका छन् ।एक साता बित्न नपाउँदै दर्शकहरुको अगाध माया पाउँदा गायिका अधिकारीले खुसी व्यक्त गरिन् ।

‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले भविष्यमा पनि लोकप्रिय गीत ल्याउने योजना रहेको बताइन् ।
भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया