भाऊजुको होटल ।

सुशील नेपाल २०७६ वैशाख २५ गते ३:५४ मा प्रकाशित

 

विहा भएको धेरै वर्ष पछि सरीताले कतै घुम्न जाऔं भनेकोले ऊनीलाई साथ लिई पैले भेडेंटार गयौं । छोरा छोरी हुर्कि सकेका हुनाले हामी वुढावुढी मात्र थियौं । म पचास नाघि सकेको थिए। सरीता ४० पार भएकीले अलि वढी दवावमा ऊनी हुन्थीन, हाम्रो सौखको छनौटमै अलि भिन्नता थियो । म लेखपढ गर्न मन गर्ने, ऊनी चैं अलि युवा चाहानावाट छुटेकी थिईनन् ।सिनेमा हेर्न रूचाऊने ।तर यसपाली हाम्रो कुरो मिल्यो । भेंडेटारको चाल्स पांईन्ट हेरे पछि एकचोटी धनकुटा पनि जाऔं भन्ने प्रस्ताव मैले नै राखें ।

धनकुटा भन्ने वित्तिकै मलाई तल्लो कोप्चेको छेऊमा रहेको सानो दुई तले घरमा भएको भाऊजूको होटलको याद आयो । वाक्लो दाल, तात्तातो भात, कचौंरामा घिऊ, रायोको साग, चटनी, मेरो मुख त्यसै रसायो ।

मेरो मनमा विस्मृतिका वादल सललल वग्न थाले , मैले आफूलाई धेरै पछाडि लैजान थालें,मेरो विस्मृति, सरीताको कौतुहलवीच भाऊजूको होटल एऊटा ऊत्सुकताको विषय वन्यो ।

भेंडेटारको त्यो नागवेली वाटो,हाम्ले भाडामा लिएको डाईभर समेतको जीप, हामी दुई र एक जना हेल्पर थियौं ।विहान हामीले भेंडेटार छोड्यौं, मोटर विस्तारै गुडन थाल्यो । धरानको हिले वजार पृष्ठवाट झ्वाट्ट आयो, दृश्य पातलिंदै टाढियो, हामी अगाडि वढदै गयौं ।

धनकुटाको ठूलो चौरको शीरानमा ऊकालो लाग्ने वित्तिकै दुई तले काठको घर हुने गर्थ्यो । घरको भूईतलामा सिनित्त लिपिएको पिढीवाट यस्सो ऊक्लिने वित्तिकै आकर्षक व्यक्तित्व भएकी एक महिलाको मदमुस्कान देख्न पाईन्थ्यो ।

ऊनी सवै कि भाऊजु थिईन । दाजू वारे कसैले खोजी गरेको देखिएन, पछि थाहा पाए कि ऊन्का श्रीमानलाई आफ्नै सहोदर भाईले वावुको अश झगडामा चिर्पटले टाऊको फुटाई दिएका रैछन,त्यसपछि भाऊजुका लोग्ने विराटनगर तिर जान्छु भनेर हिंडेछन, र सम्पर्कमा बस्ने छन । धेरै सोद्धा खोज्दा पनि कुनै शीप नलागे पछि भाऊजूले आश मारिछन र एक्लै पिढीमा एऊटा सानो कटेरो लिएर धनकुटाका अफिसमा काम गर्ने कर्मचारीहरूलाई मासिक केही पैसा लिएर खाना ख्वाऊन थालिछन ।

विस्मृतिका कुराहरू विस्तारै विस्तारै एकएक गरि आऊन थाले। हामी ऊकालो लागेर हिंडदा स्वांस पनि वढी रहेको थियो,मैले मनमनै भनें, मेरो हिडनें वानी छुटेछ , सरीता म तिर फर्केर मुसुमुसु हासेको मलाई मन परिरहेको थिएन ।मेरो पुरुष भएको तुजुकले अलि घमन्डी वनाएछ । म लोग्ने मानिस भन्ने नआऊनु पर्ने विचार मेरो मनमा आयो ।

सरीताले फेरि जिस्काऊंदै भनीन ‘कति विस्तारो हिडेको?
म संग वोल्ने तागत थिएन। धेरै वर्ष अफिसमा हाकिम भएर वसियो । अहिले स्वां स्वां हुन्छ । तैपनि श्रीमतीको अगाडि म कुनै हालतमा पनि हार स्वीकार गर्न चाहन्न थिएें ।

वल्ल वल्ल माथि ऊक्लेर श्रेष्ठ होटल तिर लाग्यौं, सानोमा देखेको वच्चो त लाठे भएछ, । मैले त वावु भन्ठानेको त छोरा पो परेछ । ऊस्तै वावु जस्तै दुरस्त । साहू त यस्तो जवान नहुनु पर्ने भनेर सोधि हालें “वावुको नाम के हो ?”

कृष्ण भन्ने ऊत्तर आयो । मेरो जिज्ञासामा ऊस्ले ऊस्को वावु मरेको भरखर वर्षदिन भयो भन्दा म छक्क परे । छेऊमै टांगीएको एेना तिर हेरेर आफूलाई निहारें । मेरा गालामा युवावस्थाको चमक थिएन , चस्मा लगाऊनु पर्ने वाध्यताले गर्दा आंखाको डीलमा कालो दाग वाहिरवाटै देखिन्थ्यो ।

एकै छिनको थकाई मारेर यस्सो वजार तिर लाग्यौ,। धेरै नै परिवर्तन आएछ, आफू छंदाका मानिसहरू वुढा भएछन, कपडा पसलेको पनि छोरै वसेको देखें ।वालखहरू युवा भएछन,तन्नेरीहरू अधवैशे।ऊतिखेरका वुढावुढी अधिकांस देखिएनन् ।कोही मरे, कोही वसाई सरेर गएछन । स्थायी भनेको चैं टुंडीखेल, र डांडा पाखा मात्र रैछन, डाडांहरू पनि नांगिएछन । यो परिवर्तन देखेर मलाई नरमाईलो लाग्यो । सरीताले कुरा कोट्याईन ? के भो हजूर ? कुन सोचमा हराऊनु भो ?’
हेर सरीता मेरो पहिलो जागिर खाएको ठाऊं यही धनकुटा नै हो , यही निर भाऊजूको होटल हुने गर्थ्यो ।भाऊजू त भाऊजू भन्नु मात्र हो हामी सवै की आमा थिईन ।

देवरहरु माथिको तल्लामा वस्थे, घरमा शान्ती थिएन, तै पनि ऊन्को अनुहारमा कुनै तनाव कहिल्लै देखिएन । पैसा दिन ढीलो चांडो हुन्थ्यो , तर कहिले कसैसंग कुनै गुनासो गरिनन भाऊजूले ।

सरीता कुरा वुझ्दै गरे जस्तो गरेर टाऊको हल्लाऊथिन, म चाहीं विस्मृतिका पानाहरू सुस्त सुस्त खोल्दै गएें ।

‘एकचोटी म निकै विरामी परें । डेरामा एक्लै थिएें,चार पाच दिन खाना खान नगए पछिभाऊजूले मलाई विसन्चो भएको अन्दाज गरेर मेरो अफिसको एऊटा साथीलाई सोधिछन “ ए वावु नरेन्द्रको के छ हाल खवर ?’

साथीले मलाई ज्वरो आएको भनेको थाहा पाए पछि काम सकेर वेलुकी झमक्क पर्नु केही अघि कसैले ढोका ढकढकायो । मैले को हो भन्दा कोही वोलेन ।एकै छिन पर्खेर मैले यसो ढोकाको पाटो ऊघारेको त ढोकामा भाऊजू पो खडा रहेको देखे । भाऊजू ऊठेको मैले कहिले देखेको थिईन ,जहिले पनि वसेरै काम गरिरहेकी देखेको थिए। ऊनी त एकदम अग्ली ऋष्टपुस्ट रैछिन । लोग्ने मरेको थिएनन् या ऊनलाईखवर थिएन ।चौडा निधारमा गोलो रातो टीका लगाएकी थिईन । सुडौल पाखुरा थिए । एकदम स्वस्थ देखिन्थिन । म कांचो ऊमेरको हुनाले भाव भंगिमा झट्ट वुझि हाल्दिन थिए।ढोका ऊघारेने वित्तिकै सोधि हालिन “ वावु नरेन्द्र के भो तिमीलाई ?”

मैले केही वोल्नै परेन, कठै वरा भन्दै ऊन्ले मेरो पाखुरा समाएर डोऱ्याऊंदै खाटमा लगेर पल्टाई दिईन र सानो खास्टो ओढाई दिईन । मेरो कोठा अस्तव्यस्थ थियो,। छरिएका पुस्तकहरू मिलाएर टेवुल माथि राखीदिईन, अलपत्रेका मेरा लुगाहरू मिलाई दिईन र कोठामा कुचो लगाएर सफा पारीदिईन र भनिन” यस्तो जरो आको वेला पनि यसरी कोई वस्छ, लौ हिंड म कहां भनेर मलाई डोऱ्याएर आफ्नो कटेरोमा लिएर गईन ।

मलाई स्वभाविकरूपले अपठ्यरो लागीरकेको थियो ।
त्यहां ऊच्च मानविय मूल्यको यथार्तरूप मैले ती नारीमा देखें ।”

म वोल्दै पनि थिएें, स्वां स्वां गर्दै हाफ्दै ऊकालो पनि चढदै थिए,। सरीताले मेरो विगतका कुराहरू चाख मानेर सुनीरहेकी थिईन ।विचमा एऊटा चौतरा जस्तो विट मार्ने ठाऊमा म थचक्क वसें,तल निकै नै गहिरो रहेछ । वार लगाईएको रहेछ । मान्छे सेल्फी लिंदा मरेका रैछन डिलवाट झरेर । सुरक्षाको लागि वारेको रैछ ।थाकेको म,त्यो फलामे वारलाई समाएर परको दृ्श्य हेर्न थालें । मैले सरीतालाई भनें, मान्छेले धनकुटालाई त्यसै स्वर्ग भनेका हैन रैछ, साच्चिकै स्वर्ग जस्तै छ, हेर त। पसिनाले भिजेको मेरो शरीरमा त्यहांवाट वगेको शीतल हावाले मलाई स्पर्श गर्दाको आनंदको अनुभूतिले म रोमांन्चिक भएे, सरीता त काठमाण्डू फर्केर जानु पर्छ र हिलोमा हिडनु पर्छ भनेर दिक्क थिईन ।

मैले त्यो वादलको पर्दा पछाडिको धमिलो दृश्यवाट च्याएको घर देखाऊंदै सरीतालाई भनें-ऊ हेर मेरो अफिस’
तल दाया पट्टीको सडक पारीको भाऊजूको होटल प्रष्ट देखिन्थो ।सरीताले सुस्ताऊंदै भनीन “भाऊजूको कथा किन रोकेको भन्नुस न”
मैले ए साच्ची, भनेर त्यो होटलमा खांदाको कुरा झिकें ।४२/४३ साल तिर हामी १५/२० जना जागिरे मात्र थियौं. सिडियो पनि साथी जस्तै सामान्य नै गरि हिंडथें, तिनताका । एऊटै परिवार जस्तै घरबाट टाढा ।फूर्सतको वेला एकथरी तास खेल्थे कोही भलीवल त कोई त्यसै त्यो टुंडिखेलमा साईकिल सिक्थे कि चीसो वतासको आनन्द लिंथें ।

मैले कुरा अघि वढाए, भाऊजू असाध्यै ज्ञानी र दयालु थिईन ।जागीरदार पनि सवै घुस्याहा हुंदैनन् । सवैसंग खर्च मेलो टार्नसक्ने पैसा हुदैनथ्यो । म त झन एकदमै तल्लो तहको कर्मचारी थिए, सानै थिए बा खस्दा । आमाले अरूको घरमा भात पकाएर रात्री स्कूलमा पढन पठाऊनु भयो । मेरो राम्रो दिन नहेरी आमालाई क्यान्सरले लग्यो ।

त्यस्तो दुखको दिन पछि मेरो अलिक राम्रो भयो,।धनकुटामा पनि प्राईभेट पढथें ।लोकसेवा त्यहींवाट पास भए।
त्यस पछिको सरकारी जागिरको शुरूवात भयो । ५ वर्ष पछि कसो कसो फुलव्राईटको छात्रवृति पाएर अमेरीकाको वोस्टन सहरमा हावार्डमा पढन जुऱ्यो ।तिमी त सचिवकी छोरी,आजै भेद खोल्छु,म भान्छेवाहुनीको छोरा ।

कुरा वढाऊंदै मैले भनें, तिमीसित मेरो हावार्डमा भेटहुंदा, धनकुटा त कता हो कता हराई हाल्यो नि !’
धनकुटावाट काठमाण्डू आए पछि मेरो दिन यस्तरी फर्कियो कि मैले विगतलाई चटक्क विर्षेछु ।
मान्छेको जातै त्यस्तै हो, दिन फर्के पछि म सधैं नै यस्तै थिए जस्तो लाग्छ ।

सरीता ध्यान लगाएर मेरो कुरा सुन्दै थिईन ।सरीताले भनिन सवै भाग्यकै कुरा त रैछ नि ! भाग्यमा भए मान्छे राष्ट्रपति त हुने रैछन ।तर नरेन्द्र, तिमी त जेहनदार पो थियौ त,। आमाले हात पोलेर हुर्काएकै हुनाले तिम्रो मनमा भावनाका तरंड्गहरू ऊठछन ।’
सरीता मेरो साथ दिदै थिईन,संस्कारी रैछीन,चाहेको भए हामी वोस्टनमै वस्न पनि त सक्थ्यौ होला ।तर ऊन्ले नै नमानेर हामी नेपाल फर्केका थियौं ।
वोल्दावोल्दै मेरो गलारूग्ध भयो, मैले सरीताको मुख तिर हेर्दै भनें- जौं भाऊजूलाई भेटौं। वहांको आशिर्वादले यहासम्म पुगें ।’
हामी तल ओर्लियौ ।म अघि अघि सरीता पछि पछि लाग्दै भाऊजूको होटल भएको घर तिर लाग्यौं ।

त्यो मैले देखेको घर खन्डहर भएछ ।देवर हरूले षडयन्त्र गरेर घरलाई दुई फ्याक गरेर चीरेछन,।भाऊजु अवला थिईन, हेपेर पछाडि पट्टी एऊटा गोठलाई टहरो वनाएर भाऊजुलाई सारी दिए छन । धनकुटा छोडेकै २५/३० वर्ष भै सकेको थियो ।भाऊजुका श्रीमान हराएका हराएै भए,। आफै मरे कि मारी दिए दैव जानुन ।
म छक्क परेर त्यो घर पट्टी एक टक लगाएर हेरी रहें । सरीताले वीच वीचमा गरेका प्रश्नहरु पनि मैले सुनीन । म सारै चकित भएको कुरा वुझ्न ऊनलाई वेर लागेन ।
मैले छेऊमै क्याराम खेलेर वसेका ठीटाहरूलाई सोधें-“ यहांको भाऊजुको होटल कता गयो?
अल्लारेहरू को भाऊजु भनेर गललल हांसे ।

नजिकै एऊटा नाड्गले पसले सुनेछ ।र सोध्यो -‘को हुनुहुन्छ ?कतावाट आऊनु भयो ?’
मैले आफ्नो परिचय दिए पछि ऊस्ले कुरा खोल्यो ।

भाऊजुका देवरहरुले जाली मुद्दा वनाएर ऊन्को चरित्रमा दोष देखाएर घरवाट घोक्राई दिएछन । ज्यादै दुख पाईन वरा ले ।दुष्टहरूले गर्नु गरेछन र गाऊलेहरू ऊठे पछि पछाडीको बारीमा भएको गोठको टहरोमा वस्न दिएछन ।एक छाक खान्थिन, दस छाक भोकै हुन्थिन।
भन्नेको पनि आंखा रसायो ।
मैले एकचोटी भाऊजुलाई भेटने निधो गरें ।
त्यस्ती राम्री देखेको भाऊजु त वुढी पनि अति नै भईछन,वहूलाई वुढी जस्तो । शरीरमा लुगाको नाममा एऊटा टालो रैछ,लाज सम्म छोपिएको ।
मैले विस्तारै सोधें-मलाई चिन्नु भो भाऊजु ? म नरेन्द्र ‘

भाऊजुले मलाई चिन्हिन । आफ्नो वाहु ऊचालेर यस्सो केही संकेत गर्दै वडो मुश्कीलले मलाई देखे पछि लागेको खुशी मैले देखे ।
सरीतालाई र संगै आएको हेल्परलाई वजार पठाएर केही जोर लुगा र खाने कुरा किनेर ल्याऊन अह्राए।
सरीता र म मिलेर कोठामा जे थियो यस्सो मिलाई दियौं । राती धेरै वेर वसेर म भाऊजुको यो रूप देखेर हे दैव भनेर छक्क परि रहें ।
राती निकै छिप्पिए पछि म र सरीता, श्रेष्ठ होटल तिर लाग्यौं । मैले केही वोलिन । सरीतालाई मेरो वानी थाहा थियो ।
भोलीपल्ट सवै घुम्ने काम थान्की राखेर हामी भाऊजु वसेको टहरो तिर लाग्यौं । म र सरीता मिलेर नुहाई दियौं ,सरीताले कपाल कोरी दिईन ।
मैले सरीतालाई भनें-भाऊजुले मलाई धेरै गुन लगाऊनु भएको छ, म उहांलाई यसरी छाडेर जान सक्दिन ।
सरीता छक्क त परीन तर मेरो भावनाको कदर गर्दै मेरो साथ दिईन ।

मैले वेतलवी विदा लिएर वसें ।मलाई भाऊजुले गु मूत सम्म गरेको सम्झें,। डाक्टर वोलाएर देखाए । सक्दो गरें। तर भाऊजुले मेरै वाटो हेरे जस्तो गरेर नवैं दिनका दिन देह त्याग गरिन।

आमा खस्दाको आफ्नो अवस्था सम्झे ,भक्कानो छाडेर रून मन लाग्यो । एक्लै रोए ।
पछाडि वाट सरीता घुक्क घुक्क गरेर रोएको आवाज आयो ।
विसमृतिको एऊटा अध्यायको पर्दा खसेझै भयो ।
सखारै हामी त्यही नागवेली वाटो हुंदैं तल झऱ्यौं ।

४/३०/१९
राजमित्र प्रांगण,
माल्डेन (बोस्टन)
अमेरीका ।
(बोस्टनमा उत्तर अमेरीका कथा वाचनमा पढेको कथा)

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया