डिसी क्षेत्रमा ‘उडायो सपना सबै हुरीले ‘गीतका चर्चित गायक ‘मुरलीधर साँझ ‘कार्यक्रम हुने

इनेप्लिज २०७६ वैशाख २५ गते १:५२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा चर्चित गायक मुरलीधर साँझ कार्यक्रम हुने भएको छ । उनको प्रसिद्ध गीत ‘उडायो सपना सबै हुरीले…’ हरेक नेपालीले सम्झने गर्छ । उनि गायक मात्र नभई एक लोकप्रिय कलाकार पनि हुन् । नेपाली चलचित्रमा अभिनेता भै थुप्रै नेपाली चलचित्रमा अभिनय गरी सकेका छन् भने हिन्दि चलचित्रमा पनि उनले खेलेको अभिनय सम्झने गर्छन ।

आगामी मे १८ शनिबारका दिन मेरिल्याण्डको गेथर्सबर्गमा मुरलीधर साँझ कार्यक्रम हुने भएको छ । वाशिंगटन डिसी नेपाली कम्युनिटी ले आयोजना गरेको उक्त कार्यक्रम साँझ ५ बजे देखि ९ बजे सम्म हुने छ ।

साथमा तबलामा प्रमोद उपाध्याय तथा हार्मोनियममा कमला थापाले साथ दिनु हुने छ । टिकट डर केव्वल $ १५ डलर राखिएको छ । कार्यक्रम बारेमा थप जानकारी लिन चाहेमा बिष्णु कु थापा ,मंजु संग्रौला ,सीता पाण्डे प्रकाश नेपाल ,पुस्कर पन्त ,गोपाल बिश्वकर्मा तथा बिजया शाह संग सम्पर्क गर्न सकिने छ ।

कार्यकम १११ सेन्ट्रल एभेन्यु ,गेथर्सबर्ग ,मेरिल्याण्ड २०८७७ मा हुने छ । मुरलीधर एउटा राम्रो अभिनेता मात्र होइनन्, राम्रा गायक पनि हुन् । नेपालको सिराहाको साधारण परिवारमा जन्मिएका मुरलीधरले आफ्ना पिताबाट संगीत सिकेका हुन् ।

मुरलीधरको ‘उडायो सपना सबै हुरीले’, को अतिरिक्त थुप्रै चर्चित गीतहरू छन् । उनले लगभग १ सय भन्दा ज्यादा नेपाली गीत गाई सकेका छन् भन हिन्दी, मैथिली र भोजपुरी गीतहरू पनि थुप्रै गाएका छन् ।

मुरलीधरले भारतीय चलचित्र ‘मिस्टर इन्डिया’ नेपाली चलचित्रमा सम्झना ,साइनो, कन्यादान, पिरती,लगायतमा अभिनय गरि सकेका छन् । भोजपुरी र मैथिली चलचित्र निर्माण समेत गरेका छन्

खलनायक तथा नकारात्मक भूमिकामा अभिनय गर्ने मुरलीधर गायक, संगीतकार र गीतकार हुन् । मुरलीधर रेडियो नेपालका पुराना गायक हुन्।

प्रतिक्रिया