पिएनपिखबर : प्रहरीले विरेन्द्रनगर नगरपालिका वडा न.१ सुर्खेतका ४५ बर्षीय चन्द्र प्रसाद आचार्यको रहस्यमय मृत्यु भएको २ महिना बितिसक्दा पनि हत्यारा र कारण पत्ता लगाउन सकेको छैन। बुबाको मृत्यु भएको ६५ दिन बितिसक्दा पनि आफुहरुले न्याय पाउन नसकेको मृतकका छोरा तिलक राज आचार्य बताउछन्।
प्रहरीले राति १० बजे भेटिएको शवलाई बिना अनुसन्धान अस्पताल पुर्याएर भोलि पल्ट मात्र त्यस घटना स्थलमा रहेका स्थानीयसंग सोधपुछ गरेका कारण अपराधी प्रमाण नष्ट गरि फरार भएको हुन् सक्ने उनले बताए। प्रहरीले अहिलेसम्म ४ सय जना जतिसंग सोधपुछ गर्दा पनि अपराधी र मृत्यु हुनुको मुख्य कारण पत्ता लगाउन नसकेपछि आफु हरेक दिन प्रहरी प्रशासन धाउदा खाली आश्वासन मात्र दिएर आफुलाई फर्काउने गरेको उनले बताए।
बुबाको शव माथि झन्डा ओडाएर हाम्रो पार्टीको राम्रो कार्यकर्ता भनि घाटमा भाषण दिने राजनीतिक नेताहरुले अहिले न्याय माग्न सहयोग नगरेको उनको गुनासो रहेको छ। सन् २०७५ साल फाल्गुन १८ गते शनिबार राति १० बजे विरेन्द्रनगर बजारमा रहस्यमय तरिकाले हत्या गरि फालिएको अवस्थामा आचार्यको शब नेपाल प्रहरीले फेला परेको थियो।
हेर्नुहोस भिडियो :
प्रतिक्रिया