भारतमा तहल्का पिटिरहेका ईटहरिको प्रितम आचार्यको यस्तो छ जिवनकाल, हेर्नुस् (भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २४ गते १०:२९ मा प्रकाशित

ईटहरी/ भनिन्छ हरेक मानिसमा दैवले केही न केही कला दिएको हुन्छ । यदि त्यो कलालाई त्यस व्यक्तिले पहिचान गर्न सक्यो भने प्रगतिको बाटो तिर लम्किन्छ । अहिलेको सन्दर्भमा प्रितम आर्चायले हरेक नेपालीको मन, मुटु र मस्तिस्कमा आफूलाई राख्न सफल भएका छन् । अहिले प्रितमले आफ्नो मात्र नाम भारतमा चिनाएनन्, आफ्नो देशको पनि नाम भारतभरी चम्काएका छन् । प्रितम आर्चायको जन्म वि.सं २०६५ साल जेष्ठ १० गते धरानको घोपा क्याममा भएको थियो । सुनसरी ईटहरीका स्थायी बासिन्दा रहेका प्रितम उनका परिवार सहित ईटहरीमै बस्छन । हेर्नुस उनको जीवनी समावेश गरिएको हेर्नेपर्ने भिडियो

उनका पिता काशीराम आर्चाय र माता राधिका आर्चाय हुन् । उनको परिवारमा ४ जना सदस्य छन् । उनी हाल विश्व आर्दश स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । आर्चाय कक्षामा सधैँ प्रथम हुदैआएका छन् । भारतको जी टिभि बाट प्रसारण हुने रियालीटि शोमा गएपछी सैबको मन जिती नेपालको नाम चिनाउन सफल भैरहेका छन् । बलिउडका चर्चित सेलिब्रेटि पनि उनको स्वर सुनेर चकित परीरहेका छन् । अहिले त आर्चायलाई नचिन्ने व्यति देश भित्र मात्र हैन देश बाहिर पनि सायदै कम छन् भने उनलाई अहिले हरेक नेपालीको साथ र सहयोग आइरहेको छ । उनि मिलनसार, दयालु र मायालु स्वभाका छन् । ईटहरीका प्रितम अहिले नेपालकै प्रिय सन्तान भएका छन् ।

प्रतिक्रिया