भ्रस्टाचारको खतरनाक बिषालु सर्पहरु जत्ति सबैको टाउकोमा कुल्चिनु जरुरी :उज्ज्वल सिंह ठकुरी

उज्ज्वल सिंह ठकुरी २०७६ वैशाख २२ गते १८:५९ मा प्रकाशित

भ्रष्टचार अर्थात भ्रष्टचार + आचार । भ्रष्ट अनि बिग्रेको आचारको मतलब हो गु आचरण । अर्थात भ्रष्टचारको शाब्दिक अर्थ त्यो आचरण हो जु नकुनै पनि प्रकारको अनैतिक र अनुचित काम ।

जब कुनै व्यक्ति न्याय ब्यवस्थाको मान्य नियमको बिरुद्ध गएर आफ्नो स्वार्थको पूर्ति गर्न गलतआचरण गर्न लाग्छ भने त्यो व्यक्ति भ्रष्टचारी कहलिन्छ । आज नेपाल बिश्वको सबै भन्दा शान्ति र स्वर्ग जस्तो देशमा भ्रष्टचारीहरुले आफ्नो जरा राम्ररी फैलाउंदै गएका छन् ।

आज नेपालमा कत्रा कत्रा सिद्धान्त र सपना बोकेरआएका व्यक्तिहरु नेताहरु भ्रष्टचारी बनि सके। भ्रष्टचारमा शान्ति क्षेत्र , सुन्दरदेश नेपाल आज
१२४ स्थानमा पुगि सकेको छ ।

भ्रष्टचार को धेरै रुप रंग छ । जस्तो कालो बजार,महँगोवृद्धि , पैसा लिएर मात्र काम गर्ने , सस्तो समान महँगोमा बेचिनु , पैसाको चल खेलले कुनै पनि प्रसासन को बढुवा घटुवाहुनु , न्यायालय किन बेच हुनु . मन्त्रि परिसत किन बेच हुनु . हत्या , बलात्कारमा बढ्दो प्रभाव पIर्नु . सुन काण्ड धेरै हुनु ईत्यादी सामान्य भ्रस्टाचार हुन्

भ्रष्टचारहुनु को कारण के त ? भ्रष्टचारको धेरै कारणहरु छन । जस्तो १. असन्तोष : कुनै व्यक्तिलाई केही सन्दर्भ नपुगेर वा चित्त नबुझेर वा न्याय नदिएर दुख हुन्छ तब त्यो व्यक्तिमजबूर भएर भ्रस्ट बन्छ । २. स्वार्थ र असमानता : असमानता , आर्थिक सIमIजिक , सम्मान ,पद -प्रतिष्ठाको कारण पनि व्यक्तिले आफुलाई भ्रष्टचार बनाइदिन्छ ।

इर्ष्या र हिनताको भावनाले शिकार भएको बेक्तिहरु पनि भ्रस्टाचारको बाटो अपनाउन थाल्छन । संगसंगै भ्रस्टनेताहरुले जब आफु शक्तिमा आए पछि देश बनाउनु को साटो आफ्नोपरिवार बनाउन थाल्छ । तब अरु नेताहरुनि त्यो सोचको पर्खाईमा हुन्छन । र भ्रस्टाचार उत्पन्न हुँदै जान्छ । केहि भ्रस्टाचार ज्यानको धम्कि , जबर्जस्ति फलानो ढिस्कानो पार्टीको मान्छे बनाएर पनि भ्रस्टाचार को उत्पन्न गरिन्छ । देश को विभिन्न बिभागलाई आज भ्रष्टचारले एक आदर्श मजबूर बनाउंदै गएको छ ।

नेपालमा बढ्दै गएको भ्रस्टाचार :

भ्रस्टाचार एकदम खतरनाक बिरामी हो । नेपालमा भ्रस्टाचार एकदम तेजिलो पाराले बिरामी फैलिंदै गएको छ । भ्रस्टाचारको बिरामीको किरा देशको प्रत्येक कुना कुनामा जरा बनेर पुगिसकेको छ । यो भ्रस्टाचार समयमै जनताहरुले रोकेन भने भोलि यो बिमारीले सम्पूर्ण नेपाल डुबाउछ । याद राख्नुस ,भ्रष्टचारको प्रभाव अत्यन्तै ब्यापक हुन्छ । यो कसरि भन्नु होला ? यो यसरी जस्तो, खेलमा म्याच फिक्सिंग ,प्रशासनमा बढुवा घटुवामा फिक्सिंग ,प्रहरी प्रशासनमा अदल बदलमा फिक्सिंग , मन्त्रि परिसदमा अदल बदल फिक्सिंग ,नेताहरु जता पनि अनैतिक आचरण लिएर आफुलाई बेचीदिने । यो सबै कसरि भन्दा , पैसाले किन बेच गरेर पद पाइन्छ भने के टेन्सन ?

हिजोको दिन एक एउटा चौकीको इन्स्पेक्टरको कत्रो इज्ज़त हुन्थ्यो तर आज आएर आइजीपी को इज्ज़त हुदैन ।त्यो सबै भ्रस्टाचारले गर्दा हो किन कि सोच हेर्नुस त्यो जाबो आइजीपी पैसा किनेर भा त होनी, एक मामुली नेताले भन्दिनछन् । जिन्दगि भरि दुख गरेर आएको प्रहरीलाई उल्ट पुल्टा पारेर सलुट ठोक्न लाउँछ ।

हिजोको दिन एउटा शाखाअधिकृतको कत्रो इज्ज़त हुन्थ्यो । तर आज सचिबको पनि इज्ज़त छैन किन कि एउटा जाबो अनपढ मन्त्रीले तुरुन्तै हग भने हग ,मुत भने मुत गर्नु पर्ने अवस्था देखिन्छ । यो कसरि भो त भ्रस्टाचारको प्रभाव अत्यन्तै व्यापक भएर हो ।

भ्रष्टचाररोक्ने उपाय हरु : हेर्नु यो एउटा संक्रामक रोग जस्तो हो । समाजमा विभिन्न स्तरमामा फैलिएको रोग नियन्त्र गर्न एक प्रयोगशालाको आवश्यकता हुन्छ ।त्यस्तै भ्रष्टचारको रोकथाम गर्न पनि कठोर दण्ड व्यवस्थाको अIवश्यक्ता हुन्छ .। तर अफसोच हाम्रो देश हेर्नुस । यदि कोही भ्रष्टचार पैसा दिएको अवस्थामा पक्रियो पैसा दिएर नै बाहिर निस्कन्छन ।

न्याय पालिका किनि सकेको हुन्छ । गरिबले त न्यायको किताब पढ्ने मात्र हो । भगवानले आएर आएर सहायता गर्ला भनेर माला जप्ने मात्र हो । न्यायको उपभोग त धनि बर्गले वा भ्रस्टचारीले मात्र प्राप्त गर्छन । हो नेपालमा अहिले यही सत्य हो । उदाहरण हेर्नुस निर्मला पन्त अनि अनगिन्ती बलात्कार र हत्या केश ।

जुन आमाको कोख बाट निस्केर आज देशको प्रतिनिधि भएका छन् । त्यही कोख प्रत्येक दिन बर्बाद पार्दा न त पुलिस छ न न्यायपालिका छ ।किन त भन्दा भ्रस्टाचार कै कारण हो । जब सम्म ठुला ठुला घरको चेलीबेटी यस्तो अनगिन्ती अपराधको शिकार हुदैन,न्याय पालिकाको किताबको पन्ना खुल्दैन । जब सम्म नेताहरु बाटोमा हिड्दा अपराधीहरुको शिकारमा पर्दैन तब सम्म कठोर न्याय पालिका बन्दैन ।

त्यसैले यो हुनु अघि नै न्यायलयमा कठोर न्याय बन्नु आजको आवश्यकता छ । आँखा खोलेर आज को दिन कठोर न्याय बनाउनुस , पैसाले किन्न नसक्ने दुखि गरिबको लागि झ्याल धोका खोल्ने न्याय पालिका खोल्नुस , नत्र पैसाले मृतु कसले रोक्न सक्छ र ? यमराज ले पैसा लिएसि राज गरिराख भनेर आज सम्म कसलाई राज गद्दीमा राखेर यमराज फेर्केरा गाको छ र ! यमराज एक कथा होला तर आजको युग को यमराज भने को भोको नाङ्गो र गरिब जनतानै एक भ्रस्ताचारी को यमराज बन्न सक्छ ।

रास्ट्रपतिले मेरो नेपाल भन्यो भनेर आलोचना गर्दै पछि हिड्नु भन्दा , संसद भबनमा भ्रस्टाचार बिरुद्ध हाम्रो न्यायको किताब बनाउन आवाज निकाल्नु जरुरि छ । आज सम्म त्यस्तो कुनै सरकार बनेको छैन जसले देशको जनता मारेर जिन्दगि भर राज गरेको होस् । अन्त्यमा अतिनै आवस्यकता के भने भ्रस्टाचारको यो खतरनाक बिषालु सर्पहरु जत्ति सबैको टाउकोमा कुल्चिनु जरुरी छ ।

सरकारले भ्रस्टाचार को साथ लिएर हैन कि सबै भ्रष्टचारीहरुलाई कानुनको दायरामा पुर्याउन सक्ने कुनै प्रभावपूर्ण काम गर्नु जरुरि छ । नत्र आज देशको चेली बेटी बेच्ने हरुले नेताहरुको छोरी श्रीमती एक दिन अवस्य बेच्ने छन् ।

नेताहरुको श्रीमती र चेलीबेटी लुट्ने अरु कोहि हैन । आफैले सिकाएको र उत्पन्न गरेको नेताहरुको बफादार अंग रक्षक हुन जाने छ । उदाहरणको लागि इन्दिरा गान्धीको जीवनी पढ्नुस । यो लेख एक कल्पना र सपनाको आधारमा लेखेको छु ।

कसैसंग मेल खान गए सपना सझेर पढ्नु होला । बिश्व प्रेस स्वोतन्त्र दिवशको शुभकामना साथ सम्पूर्ण पत्रकार साथीहरुलाई खरो र दरो खबर लेख्ने शक्ति प्राप्त होस् .। सत्य लेख्न भ्रष्टचारीको गुलामी गर्न नपरोश । जय देश ! जय मातृभूमि !

प्रतिक्रिया