कोमल गजल

इनेप्लिज २०७६ वैशाख २२ गते १०:३६ मा प्रकाशित

चाँदनी नै थियौ,मेरी आमा
पावनी नै थियौ,मेरी आमा

मार्ग देखाउँथ्यौ बत्ती बन्दै
अञ्जनी नै थियौ,मेरी आमा

प्रेमले सुम्पियौ सच्चा ज्ञान
लेखनी नै थियौ,मेरी आमा

हर्दमै भेल बग्थ्यो मायाको
मोहनी नै थियौ मेरी आमा

घाम पानी हर्‌यौ छाहारी भै
ओढनी नै थियौ मेरी आमा

निर्दयीले लग्यो छैनौ पास
आँगनी नै थियौ मेरी आमा

जिन्दगानी अँध्यारो भो साह्रै
रोशनी नै थियौ मेरी आमा

हुन्छ चाहा सधैँ तिम्रो मात्र
शोभनी नै थियौ मेरी आमा

आँसु छल्किन्छ रोजै सम्झेर
भामनी नै थियौ मेरी आमा

(सम्पूर्ण आमाहरूप्रति हार्दिक
प्रणाम सहित सप्रेम समर्पण)

-कोमल भट्ट
च.न.पा-१३,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया