भ्रष्टचार,राष्ट्रियताको रक्षा तथा एनसेललाई कर तिराउन आन्दोलन सुरु भएको छ । काठमाडौँ को माइतिघर मण्डलाबाट सुरु भएको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण कार्यक्रम सच्चीको साथमा नामक कार्यक्रमले आयोजक संग प्रत्यक्ष कुराकानी गरेको छ ।
घरवास र प्रवासका समसामयिक बिषय समेटिने अमेरिकाबाट संचालित ‘सच्चीको साथमा ‘ नामक कार्यक्रमले अमेरिकाबाट सोझै नेपालमा सरोकारवाला ,आयोजक ,नेपालको हित हुने बिषयमा पहल गर्ने समुदायका सदस्यहरुसंग संवाद ,अन्तरक्रिया र अन्तवार्ता गर्ने कार्य जारी राखेको छ । यसलाई संचारकर्मी मैनालीले निरन्तरता दिने बताईन ।
ईनेप्लिज डटकम कि आवासीय सम्पादक तथा संचार कर्मी सच्ची मैनालीले देशको जल्दो बल्दो उठान भएका बिषयलाई जनता तथा विश्व भर छरिएर रहेका नेपाली समुदायलाई ल्याउनु परेको बताइन ।
माइतघर मन्डलाबाट सुरु भएको आन्दोलनमा आन्दोलनकारी तथा आयोजकले भ्रष्टचारीलाई कारवाई गर ,उखान टुक्का बन्द गर,देश बेच्न पाइदैन ,नागरिकता बिधेयक खारिज गर जस्ता नारा लगाएका थिए ।
उनीहरुले नेपाली जनता जिन्दाबाद जिन्दाबाद जस्ता नारा गुन्जिएको थियो भने त्यहाँ आयोजक द्वारा सहभागी भएका व्यक्तिहरु संग पनि कुराकानी गरिएको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली चलचित्र कि नायिका रेखा थापाले एउटा सर्वसाधारण ब्यक्तिले बोलेको अहिले उ कारागारमा छ । उसलाई रिहा गर भनि माग राखिन । सत्ताधारीहरुमा ठूला व्यक्तिले जे गर्दा पनि हुने भनिन । उनले अगाडी भनिन आम जनताले प्रश्न गर्न नपाउने ? एनसीएलले दिनु पर्ने रकम नदिएर हामी माथि अन्तर्राष्ट्रिय मुद्धा हाल्दै छ भनिन । यदि हाल्यो भने हामी स्वाभिमानी नेपालीको के ईज्जत कहाँ जान्छ भनि प्रश्न गरिन ।
उनले भनिन देश बिदेशमा चेली बेचिएका छन् । दिदि बहिनिहरुको रक्षा खै भन्ने प्रश्न राखिन । उनले भनिन आमाहरुको आँखामा आसु देख्न चाहन्न भनिन । कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले यो उमेरमा फेरी सडक आउनु परेको बताए । र यो आन्दोलनलाई अघि बढाउनु पर्ने आग्रह गरे । यसै गरि सुरेन्द्र शाहीले भ्रष्टचारको लागि लडौ । र देशलाई बेच्न पाइदैन भन्दै आन्दोलनमा होमिन आग्रह गरे ।
आन्दोलनमा भ्रष्टचार बिरुद्ध र्याप गीत पनि केहि युवाहरुले गाएका थिए । कार्यक्रममा वक्ताहरुले टुडीखेल कब्जा गर्दा पनि महा नगर पालिका ले थाहा नपाउने भनि ध्यानाकर्षण गराएका थिए ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया