आमा – नन्दिता केसी

इनेप्लिज २०७६ वैशाख २१ गते १३:२२ मा प्रकाशित

 

 

 

 

 

 

 

 

९  महिना गर्व राखी यो सुन्दर जीवन दियौ तिमीले,

रात को निन्द्रा भनिनौ, दिनको भोक भनिनौ। २

मलाई भन्दा पहिला दुख्थेयो तिमीलाई मेरो घाऊ।।

तिम्रो स्पर्श र न्यानो काँखले मेरो दिन रात स्वर्ग हुन्थ्यो।

 

तिम्रो दशधारा दुध मेरो लागी अमृत बन्थेयो।

कतै लड़े उठेर हिम्मतका साथ हिड्न सिकायौ।।

रिती रिवाज र संकार को पाठ पढायौ।

र त जीवन सुन्दर छ भन्ने आभास भयो।। २

 

आमा कति महान छेऊ तिमी”

न कहीले झुक्छेऊ आफ्नो स्वाभिमान देखी,

हट्दीनऊ पछाडी आफ्नो कर्तव्य देखी,२

ममता कि खानि हौ तिमी महानता कि रानी हौ तिमी,

 

आमा कती महान छेऊ तिमी”

कतै खोजि भेट्दीन तिमी लाई बयान गर्ने शब्दहरू… “आमा कती सुशील छेऊ तिमी”

“साच्चिकै श्रृष्टी कर्ता हौ तिमी”

 

प्रतिक्रिया