नेपाली सांगीतिक आकासमा आफ्नो आवाजको जादु चलाउन दर्शक श्रोता माझ नयाँ गीतका साथमा गायिका प्रज्ञा लामाले दोश्रो गीत “कान्छा कान्छा,,,” बोलको गीत लिएर आएकी छिन। पहिलो गीत “सानो हाम्रो घर ” बाट पाएको तारिफ र दर्शक श्रोताको मायाले गर्दा मैले दोश्रो गीत निकालेको हु। यस गीतमा प्रकास लामाको शब्द र संगीत रहेको छ भने भिडियो निर्देशन पनि प्रकास लामा कै रहेको छ। करिब ३ दर्जन भन्दा बढी गीतमा संगीत भरिसकेका लामाको यो गीत भने पछिल्ला गीत भन्दा धेरै फरक छ। अहिले चलेका गीत र यस्तै खाले पप ट्रेन्डमा रहेको यस गीतमा सफल मोडल तथा डान्सर युमी बलामी र वाइजर एरा डान्स क्रीउ लाई फिचर गरिएको छ।
अहिले यस्तै गीत चल्ने गर्छ र मेरो फ्लेबर नि यस्तै हो गायिका लामाले हामि संग भन्नु भयो। ट्रेन्ड अनुसारकै गीत मैले गाएको छु र मैले गाएका धेरै गीतहरु मध्ये मैले यस गीतलाई भने धेरै नै आश गरेको छु। सारदा क्षेत्री र नर बहादुर सिंह संग संगीतको सिक्षा लिएकी लामा नेपाली सांगीतिक आकासमा केहि योग्दान दिने हेतु ले यस क्षेत्रमा लागेको बताउछिन। सरिता नेपालको नेपालको प्रस्तुतिमा निर्माण भएको यस भिडियोलाई सफल र पुराना क्यामेराम्यान शिभ ढकालले खिचेकाछन भने यसलाई तारा थापा किम्भेले सम्पादन र श्याम कुँवरले कलर गरेकाछन। भिडियोला सल्लाहाकार भने प्रकास हमाल रहेका छन।
प्रतिक्रिया