युएनएको सम्मेलनमा एनआरएनका पूर्व अध्यक्ष घले ,अध्यक्ष भट्ट तथा युएनएका संस्थापक लामाले उत्प्रेरणादायक कुरा सुनाउने

विजय थापा २०७६ वैशाख १९ गते १०:४४ मा प्रकाशित

डिसी । बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुने युनाइटेड नेप्लिज एशोसिएसन (युएनए) को सम्मेलनमा एनआरएनका पूर्व अध्यक्ष शेष घले ,अध्यक्ष भवन भट्ट तथा युएनएका संस्थापक पासांग लामाले उत्प्रेरणादायक कुरा सुनाउने भएका छन ।

युवा सशक्तिकरण संगोष्ठीमा युवाहरुले आफ्ना कुराहरु राख्न सक्ने छन ।

मेमोरियल डे (स्मारक दिवस )को अवसरमा आगामी मे २५ र २६ तारिखमा हुने चौथो सम्मेलनमा मेलबर्न इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटि )का प्रमुख शेष घले ,टिबिआई समूहका प्रमुख ,भवन भट्ट तथा लामा समूह का प्रमुख पासाङ्ग लामाले बिशेष गरेर युवाहरुलाई आफ्ना जीवनका सफलताका कथा सुनाउनुको साथै अन्तरक्रिया कार्यक्रम मार्फत जिज्ञाशाहरु लिनेछन ।

वर्तमान गैरआवसीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्ट जापानबाट तथा शेष घले अस्ट्रेलियाबाट आउनु हुने छ । सम्मेलनमा प्रथम नेपाल आइडलका प्रथम बिजेता बुद्ध लामा, इन्दिरा जोशी, तेरिया मगर, मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राईलगायत अन्यहरुको सहभागिता हुने छ ।

गत ३ वर्षदेखि सम्मेलन गर्दै आएको युएनएले यसपटक चौथो पटक अमेरिकाको न्यू योर्कमा भव्यताको साथ हुने छ । आयोजकहरु अहोरात्र अपार सफल बनाउन खटिई रहेका छन् ।

युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) ले युवाहरुको काँधमा जिम्मेवारी सुम्पिएकोले छ भने सम्मेलनमा बिभिन्न खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने छ ।

युवा छिरिङ्ग योञ्जनले कार्यक्रम संचालन गर्ने छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया