शिवले गाए बिदेशमा कार्यरत नेपालीहरु समर्पित गीत ( भिडियो )

इनेप्लिज २०७६ वैशाख १९ गते १०:२३ मा प्रकाशित

गायक शिव लामिछाने सिवाज नेपाली संगीतमा परिचीत नाम हो। द अर्थ ब्यान्डका भोकलिस्ट तथा कृपा फाउन्डेसनका अध्यक्ष लामिछानेका ” किन दुख्छ ” ” चाहे माया गर ” ” जय नेपाल ” जस्ता गीतहरु चर्चित छन।

करिव १ वर्ष पछि उनको नयाँ गीत ” परदेशी आउ है फर्केर ” बिश्व श्रमिक दिवसको अवसर पारेर डिजिटल बजारमा सार्वजनिक भएको छ। खुशी साथ सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख भिडियोमा देखाइएको छ। धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु प्रति यो गीत समर्पित छ।

यस गीत स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन। विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

प्रतिक्रिया