पत्रकार दिल निसानी मगर ले सरकारका काम कार्बाही चित्त बुझ्दा नभए पनि पाच बर्षको लागि अर्को बिकल्प नभएको बताएका छन । सरकारले आफ्नो १ बर्ष मात्र पूरा गरेको र उस्कालागी अब अझै सिङ्गो चारबर्स बाकी रहेकाले अब सुधारिएर रचनात्मक कार्य गर्ला भन्ने मा सबै आसाबादी हुनु पर्ने धारणा राखेका छ्न ।
मगरले आफू सत्य र स्पष्ट बोलेकै कारण पार्टी भित्रका कार्यकर्ता र बाहिर आलोचित हुनु परेको भन्दै तर सत्य उजागर गर्न नछोड्ने स्पष्ट गरे। पछिल्लो समय सावित्री सुबेदीले दिएको एकल आमा बन्ने अभिव्यक्ति नेपाली समाजका निम्ति अस्वीकार्य कुरा भएको भन्दै बिर्य मागेर ,वा पैचो चलाएर काम चलाउने विषय नभएको भन्दै उनले यस्तो समाजमा बिग्रह उत्पन्न गर्ने अभिव्यक्ति गर्नु राम्रो नभएको टिप्पणी गरे ।
प्रतिक्रिया