तपाईको जिवनको सबै भन्दा महत्वपुर्ण पाटो स्वास्थ्य हो भने एक पटक यो भिडियो हेर्नुहोला । यस भिडियोमा के हो मानसिक रोग अथवा समस्या ? किन हुन्छ मानसिक समस्या ? मानसिक समस्या कसरी विकास हुन्छ ? उचित उपचार के हो ? साथै जन्म देखी ०५ वर्ष सम्मको बच्चाहरु मानसिक रोग वा समस्यामा परेका नपरेको कसरी थाहा पाउने ? समाधानका लागि के गर्ने ? भन्ने विषयमा मानसिक स्वास्थ्य विशेषज्ञ डा. शुशिले कंडेलको परामर्श प्रस्तुत गर्दै छौ ।
मानसिक स्वास्थ्य विशेषज्ञ डाक्टर शुशिल कंडेलले सहजिकरण गर्नुभएको एक प्रशिक्षण कार्यक्रममा विश्वव्यापि रुपमा दिन प्रतिदिन विकराल समस्याको रुपमा बढिरहेको मानसिक स्वास्थ्य समस्या, समाधानका उपायहरु लगायतका विषयमा अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरी यसबाट जोगाउने उदेश्यले नेपाल प्रहरीको पहलमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रशीक्षण प्रदान गरीएको हो ।
हामिले अर्को भिडियोमा पुन ०५ वर्ष भन्दा माथिको उमेर समूहका बालबालिकाको मानसिक स्वास्थ्य समस्या र समाधानका उपायहरु बारे प्रस्तुत गर्ने छौं ।
जिल्ला प्रहरी कार्यालय कास्कीले राईजिङ स्टार युथक्लब रिठ्ठेपानि संगको सहकार्यमा यही वैशाख १६ गते पोखरा महानगरपालिका २७ रिठ्ठेपानिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । ( तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला )
प्रतिक्रिया