होमपेज
समाचार
प्रवास
मनोरञ्जन
खेलकुद
विचार
साहित्य
अन्तर्वार्ता
स्वास्थ्य चासो
भिडियो
ENGLISH
कोमल गजल:-
इनेप्लिज
२०७६ वैशाख १८ गते १०:४१ मा प्रकाशित
प्रिय बिना विकल भयो घर
विरहको महल भयो घर
छटपटी छ दिनहुँ ज्यानमा
विरतिले तरल भयो घर
सुख र शान्ति क्षितिजमा पुगे
सुखदमा विफल भयो घर
दिनदिनै अकुशलता बढे
नियतिको दखल भयो घर
भरित छन् नयन सधैँभरि
भलभली सजल भयो घर
न त सकिन्छ दिन न राखन
विकटको फसल भयो घर
(न भ स ल गु )
विश्राम – ४ अक्षरमा
– कोमल भट्ट
च.न.पा-१३ पुरानो नैकाप,
काठमाडौँ
हाल:- न्युयोर्क.
प्रतिक्रिया
सम्बन्धित सामाग्री
कथा धुवाँ_____
बाबा गणिनाथ परिचय
अहिलेका नारीको पीडा
व्यङ्ग्य गाउँको क्रिकेट
प्रतिक्रिया