इतिहास एक प्रश्न

विमला निरौला, काठमाडौँ (हाल फेरफ्याक्स, युएसए ) २०७६ वैशाख १७ गते २२:५९ मा प्रकाशित

एक मुठी सासको आडमा उन्मत्त
म, मेरो र मैले रचेका भ्रमहरु
भोलिको एथार्थतालाई चटक्क बिर्सीएर
बचन पछाडीको कलबिख सत्य दवाएरै
अगाडीको वाह:वाह:मै बिजयी शंखनाद गर्दै
फेरी अर्को कल्पित इतिहास भनाउन चंख परिस्थितीहरु,

पाउनु र गुमाउनुको रतिभर वेवास्थाको भानसंगै,
अस्थित्वमा आएको कम्पले यो अजय अहम्लाई उथुल-पुथुल पार्ने
अँधेरा संकेतका धर्सा माड़ारीन थल्नु अघी नै
आफैँलाई थुमथुमाई मनको सुनामी शान्त पार्दै
झुटा कल्पना र खोक्रो सपना ठेली बाँडन चतुर कर्तव्यहरु,

धृतराष्ठ र गान्धारी मात्र हैन बचनले बाँधिएका
भिष्म र द्रोणाचार्यहरुको नगरी बिच
सकुनी उद्धघोस झैं खुशीको पंचजन्य शङ्खका एकोहोरो धुनसंगै
चिरकालीन त्रास र सन्नाटाहरुले पटक पटक चिहाए पनि
सामाजिक बिवस्थाका आभुषणले सजिसजाउ भएकाहरु बिच,

आफ्नै मन रुपी हिटलरको निर्देशन मुताविक
कर्मका क्षेप्यास्त्रहरु फूल झैँ कोमल भनि बुझाऊँदा बुझाऊँदै
बाछिटाले पारेको दागहरु मेटाउन लाग्ने लामो कालखण्डलाई
सामाजिक तोरणको घेरोले शुद्ध पार्ने प्रयन्तरत पुस्ताको
सत्कर्म र शुभेक्षाले समयको नौका खियाउनु नै पर्ने हुन्छ,
र इतिहास एक प्रश्न बन्ने छ।

विमला निरौला, काठमाडौँ (हाल फेरफ्याक्स, युएसए )

प्रतिक्रिया