आत्मरक्षा तालिम लिएपछि किशोरीहरुले भने – अब हामीलाई कसैले छुन सक्दैन ! के गरे त्यस्तो ?

इनेप्लिज २०७६ वैशाख १६ गते २१:४३ मा प्रकाशित

 

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १४ बैशाख । पोखराको लेकसाइडमा रहेको तेक्वान्दो डोजाङले संचालन गरेको एक महिने निशुल्क आत्मरक्षा तालिम सकिएको छ । तालिममा आर्थिकस्थिति कमजोर रहेका परिवारका ३० जना बालिकाहरु सहभागि रहेका थिए । विगत ६ वर्ष देखि हरेक वर्ष एक महिना निशुल्क आत्मरक्षा र तेक्वान्दोको तालिम दिदै आएको लेकसाइड डोजाङलाई यसपाली पोखरा महानगरपालिका वडा नं. ६ ले पनि सहयोग गरेको थियो ।

अहिलेको परिस्थितिमा आत्मरक्षा बालिकाहरुको लागि आवश्यक देखेर यो कार्यक्रम आयोजना गरेको जनप्रतिनिधि पुष्पा पहारीले बताउनुभयो ।पछिल्लो समय समाजमा देखिएको परिस्थितिको सामाना गर्न आत्मरक्षाको तालिम अतिनै महत्वपुर्ण हुने गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले बताउनुभयो । कोइरालाले भन्नुभयो – “यस्तो तालिम प्रदेशको हरेक टोल टोलमा संचालन गर्नुपर्छ ।”पछिल्लो समय समाजमा घटेका घटनाप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले भनेका छन्, ‘समाजमा नैतिकता गुम्दै गएको छ । घरमा छोरी सुरक्षित छैनन् ।

आजको परिस्तिथिमा लेकसाइड डोजाङले गरिरहेको कार्यक्रममा स्थानिय सरकारले गरेको सहयोग महत्वपुर्ण छ ।’ उनिहरुले भनेका छन्, ‘यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’लेकसाइड डोजाङका प्रशिक्षक पृतम कुँवरले आफुले विगत देखि गर्दै आएको कार्यक्रममा वडाले सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया