ईटहरिमा संचिता, प्रीतम, माधब संगै ५ जना सम्मानित (भिडियो/फोटो फिचर)

इनेप्लिज २०७६ वैशाख १६ गते ११:१९ मा प्रकाशित

डिथ्री अनलाईनको पहिलो वार्षिकोत्सब सम्पन्न : ईटहरिमा संचिता, प्रीतम, माधब संगै ५ जना सम्मानित (भिडियो/फोटो फिचर)

ईटहरी/ मोफसल ईटहरीबाट संचालित पुर्वको कला र मनोरञ्जनको एक मात्र डिजिटल मिडियाको रुपमा परिचीत डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको बैशाख १३ गते ईटहरी स्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डिथ्री अनलाइनले एक भब्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको हो । हेर्नुस सम्मानित हुनेहरुको बायोग्राफी भिडियो

वार्षिकोत्सब कार्यक्रमबाट ५ जना कला क्षेत्रका ब्याक्तित्वहरु सम्मानित समेत भएका छन् । १६ वर्षको उमेरदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागिरहेका नायिका संचिता लुइँटेल, मोफसलबाट कलाकारितालाई काफ्नो कर्मथलो बनाउदै ठूलो पर्दाको स्थानिय र राष्ट्रिय चलचित्रहरुमा आफ्नो अभिनय प्रस्तुत गरेका नायक तथा कलाकार माधब केसि सम्मानित भएका हुन् ।

यस्तै ईन्डियाको टेलिभिजन जिटिभीबाट प्रसारण हुने चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, ईटहरीबाट कला ब्यावसयको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरि छोटो समयमा सफलता हासिल गरेकी उर्बि श्रेष्ठ र रङ्ग पत्रकारितामा बिगत लामो समयदेखि खटीरहेका दन्तकाली एफ एम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् ।

ईटहरीमा अवस्थित संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीको प्रमुख आतिथ्य, परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनका संचालक सुवास संकल्पको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम २ बजेदेखि सुरु भएको थियो । ईटहरीको त्रियुगा होटलमा भएको कार्यक्रममा सम्मान संगै परिकलाको आयोजनामा भएको ‘मिडिया तथा प्रस्तुतीकरण’ तालिमको सहभागीहरुलाई प्रमाणपत्र बितरण समेत गरिएको थियो । कार्यक्रममा डिथ्रीका संचालक संकल्पको जन्मदिन पनि परेकोले पहिलो वार्षिकोत्सब संगै जन्मदिनको गरि २ ओटा केक काटिएको थियो ।

प्रतिक्रिया