काठमाडौँ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले गाएको पछिल्लो गीत दुई दिनमै ‘ट्रेन्डिङ’ क्बलमा उक्लेको छ । रवि र मेलिना राईले गाएको ‘दुई कौडीको बुद्धि’ बोलको गीत युट्युवमा ‘ट्रेन्डिङमा’ उक्लिएको हो ।
गीतमा ललित पौडेल र भीम बीसीको संगीत र इट्टाघरेको शब्द रहेको छ । गीतको भिडियोमा नायिका बर्षा राउत र रन्जित पौडेलको अभिनय छ ।
उदयराज पौडेलले संगीत संयोजन गरेको यो गीत किशोर थापाले रेकर्ड, मिक्सिङ गरेका हुन् । निकेश खड्काको निर्देशन तथा सुबोल थाया र राजेन्द्र कटुवालको कोरियोग्राफिमा गीतको भिडियो बनाइएको हो ।
बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादनमा इट्टाघरे प्रोडक्सनले तयार पारेको गीतको म्युजिक भिडियो मेलिना राईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतले दर्शक, श्रोताको अत्याधिक माया पाएको भन्दै संगीतकार ललित पौडेले सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया