कविता:तिमी होश गर, -सुशील नेपाल

इनेप्लिज २०७६ वैशाख १४ गते ३:१४ मा प्रकाशित

 

कोशिस गर्छु तिमीलाई न छोई माया गर्न,
विहोसीमा तिम्ले चैं नछुनु मलाई,
म मेरो मात्र भर गर्न सक्छु,
तिम्ले चैं आफ्नो जिम्मा आफै लिनु !
अधरबाट अमृत तिम्रो वग्छ थाहा छ मलाई,
पिलाऊन सक्छ्यौ भनें न छोई पिलाऊ मलाई,
म आफ्नो भन्न सक्छु
तिम्रो कुरा के थाहा ?
मान्छे हुं, दोषमुक्त म पनि त छैन,
तिमी अघि वढदै,
समाहित पो हुन्छौं कि !
होश गर तिमी, अधर विस्तारै खोल,
छुनै किन पऱ्यो र टाढैबाट हेर,
समाहित पो हुन्छ्यौ कि,
तिमी होश गर !

९/१३/१८
राजमित्र प्रांगण , माल्डेन, वोस्टन !
अमेरीका

प्रतिक्रिया