नाच्न असाध्यै मनपराउने उनी भन्छन, ‘ मलाई विवाह भोजमा निम्तो दिईर नै सबैले नाच्न बोलाउने गर्दछन। नाच्न कुनै पनि विवाहमा छुट्टाएको छैन मैले। बच्चै देखि नाचगान हासखेल गर्न रुचाउँछु।’ चलचित्रमा पनि अभिनय गर्न उनको ठुलो सपना छ। अवसर पाए फिल्ममा खेल्ने उनी बताउँछन।
हसिलो स्वभावका उनको वैवाहिक जीवन पनि निकै सुखद छ। प्रेम दिवसका दिन उनलाई अपरिचित नम्बरबाट झुक्किएर कल आएको थियो। उनीहरु फोनमा बोल्दा-बोल्दै मित्रताको सम्बन्ध प्रेममा परिणत भयो। पछि भने उनले प्रेमिकालाई भगाएर विवाह गरेका थिए।
उनकी श्रीमती भने उनीभन्दा ठुलो कदकी छिन्। उनी साढे दुई फिटका छन् भने उनकी श्रीमती झन्डै ५ फिटकी छिन्। प्रेममा कुनै स्वार्थ हुदैन भने उदारहण उनको जोडी बनेको छ।सन्तोष अहिले होचापुड्का संघको सम्मलेनमा सरिक हुन् उनी यति खेर राजधानी आएका छन्।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=gfqlyGUQ3bY
प्रतिक्रिया