के माछा सेवनले मुटु र मस्तिष्कलाई फाइदा गर्छ ? अरु के के हुन्छ हेर्नुहाेस

इनेप्लिज २०७६ वैशाख १२ गते ०:५४ मा प्रकाशित

मुटुको रोगीका लागि माछा निकै फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा सामेल गर्न सक्छन् । माछामा पाइने ओमेगा -३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ ।

त्यसो त अरु पनि थुप्रै फाइदा छन्, माछा सेवन गर्नुको । कतिपय अवस्थामा चिकित्सकले नै माछा खानुपर्ने सुझाव दिन्छन् । माछाले केही प्रकारका स्वास्थ्य विकार हटाउँछ । यो एक लो फ्याट, अधिक प्रोटिन, ओमेगा-३ फ्याटी एसिडसमेत केही पोषक तत्वले भरपुर खाना हो । यसका साथै माछामा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।

माछा सजिलै उपलब्ध हुने खानेकुरा पनि हो । हामीकहाँ व्यवसायिक माछा पालन गरिएको छ, जहाँबाट बजारमा माछा आपूर्ति हुन्छ । ध्यान दिनुपर्ने कुरा के भने, मरेको माछा जसलाई ताजा राख्नका लागि केही हानिकारक रसायनको प्रयोग गरिन्छ, त्यस्ता माछा सेवन गर्नुहुँदैन ।

खासगरी आयतित माछालाई भण्डारण गर्न फर्मालिन नामक विषादी प्रयोग गरिएको पाइन्छ । यस्ता विषादीको कारण माछा सेवन फाइदा भन्दा बढी बेफाइदाजनक हुनसक्छ ।

प्रतिक्रिया