प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर आउने

इनेप्लिज २०७६ वैशाख १२ गते ०:२८ मा प्रकाशित

 

आदरणीय पत्रकार महानुभावहरु,

हामी यतिबेला चलचित्र प्रेम गीत–३ निर्माण गर्न गैरहेको कुरा तपाइहरुलाई सुनाउन पाउँदा निकै खुसी छौं । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछि हाम्रो टिम अहिले पाँचौं प्रोजेक्ट प्रेम गीत–३ निर्माण लागी जुटेको छ । यो चलचित्र निर्माण गर्ने सोचसँगै प्रदर्शन मिति पनि तय गरेका छौं । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर लिएर आउनेछौ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने पक्का भएको छ । त्यसबाहेक चलचित्रका लोकेशन देखी मुख्य टिम पनी फाइनल गरेका छौ । हामीले चलचित्रबारे बिस्तृत रुपमा चाँडै विशेष पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँने छौं । तपाईहरुमार्फत हामीले दर्शकलाई के भन्न चाहन्छौं भने प्रेम गीत–३ लाई बिगतमा हामीले निर्माण गरेका चलचित्रहरुमा जस्तै अझै धेरै मिहेनत गरेर ल्याउनेछौ । तपाई

मिडियाकर्मी तथा आवद्ध मिडियाहरुको पुर्ण साथ चाहान्छौं ।
सन्तोष सेन
निर्माता
आसुसेन फिल्म प्रोडक्सन

प्रतिक्रिया