संचालक श्रेष्ठले चीनबाट ल्याएको मेसिनबाट म:म तयार पार्ने बताएका छन्। उनले चीन जाँदा मेसिनबाट म:मको जस्तै बनावट निक्लने चिनिया परिकार पाकेको देखे। उनलाई म:मको जस्तै आकार निक्लने मेसिनको बारेमा उनले बुझे र नेपालमा ल्याएर म:म बानाउने मेशिनमा विभिन्न तरिकाले उनले ढाले। म:म संसारमा पाक्ने मम निकै अर्ग्यानिक र स्वस्थ भएको संचालकको दावी छ।
उनको यो म:म संसारको चर्चा विदेशमा पनि छ। विदेशमा यसको रेसिपीको फ़्रेन्चाइज लाने पनि कुरा भईरहेको उनको भनाई छ। उनको एउटा फाउन्डेशन छ जुन उनको दुई छोराको नामबाट खोलिएको छ। उनका एक छोराको क्यान्सर लागेर मृत्यु भएको थियो भने अर्को छोराको सडकदुर्घटनामा मृत्य भएको थियो। उनीहरुकै सम्झनामा यस संस्थाको नाम स्वर्णिमसिजन फाउन्डेशन राखिएको हो। उनले स्वर्णिमसिजन फाउन्डेशनले प्राकृतिक विपदका पिडितहरुलाई राहत दिने देखि स्कुल-स्कुलमा गएर क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्य छ।
यसको साथै गरिव विद्यार्थीहरुलाई कपिकलम प्रदान गर्नेदेखि छात्रावृति समेत् प्रदान गर्दै आएको संचालक बताउँछन। म:म संसारमा बेचिएको प्रति प्लेट म:मको ३ रुपैया फन्डमा जाने उनको भनाई छ। जम्मा गरिएको रकमले क्यान्सर विरुद्ध चेतना फैलाउन सहयोग गरिने छ।
उनी भन्छन, ‘मेरो छोरा क्यानसरले गर्दा वित्यो। मलाई थाहाँ छ क्यान्सररोगबाट हुने पिडा। त्यसैले कसैलाई पनि क्यान्सर नहोस भने हेतुले मैले यो अभियानको सोच बनाएको छु।’ म:मको व्यवासय देखी समाजसेवामा लागेका उनले १६ लाखमा चीनबाट मेशिन ल्याएका हुन्। फ्रोजनको सेटअप समेत् गर्नुपर्ने हुनाले जम्मा दुई करोडको लगानी परेको उनले बताए। धेरै मुनाफा रहेको र नयाँ अवसरको रुपमा रहेको यस म:म संसारको संचालक सुरेन्द्र श्रेष्ठ बताउँछन।
प्रतिक्रिया