गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।
अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्। तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ। सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
प्रतिक्रिया