बेलायतमा नेपाली नयाँ बर्ष धुमधामले मनाए

रोशन मेवाहाङ्ग- २०७६ वैशाख १० गते १०:३३ मा प्रकाशित

रोशन मेवाहाङ्ग-

लण्डन वैशाख ९ । र्वामिनिस्टर नेपाली समाजले मनोरन्जनात्मक कार्यक्रम गर्दै नेपाली नयाँ वर्ष विक्रम सम्वत २०७६ लाई भब्य रुपमा स्वागत गरि मनाए ।

विविधतामूलक नेपालको सामुहिक तथा जातिय पहिचान झल्किने विभिन्न सांस्कृतिक पोशाक लगाएर उपस्थित अथितीहरुले कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै नाच गान गरि भब्य र खुशीयाली साथ नयाँ वर्ष मनाएका हुन् ।

र्वामिनिस्टर समाज नेपालीले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि हंग्रिर्टिट होटलका संस्थापक अध्यक्ष विजय राई, विशिष्ट अतिथि गोर्खा कम्पनी टेभोलेटोका संस्थापक पूर्व गुल्मापति मेजर प्रकाश गुरुङ्ग एमभिओ , मेजर राजेस गुरुङ्ग , गीतकार किरण राई र भोजपुर बोया निवासी सुवास राई समेत उपस्थित रहेका थिए ।

उपस्थित अथितिहरुलाई नयाँ बर्षको शुभकामना दिदै मेजर प्रकाशले नेपाली मौलिक संस्कृति र नेपालको समाचार प्रसारण गर्नकालागि बिएफ बिएस गोर्खा रेडियो स्टेसन स्थापना गर्न बेलायती सेनाको मुख्यलयबाट स्विकृती पाएर प्रशारण समेत भएको खुलासा गरेका थिए । नेपाली पर्वहरुलाई विशेष रुपमा हरेक तिन महिनाको अन्तरालमा मनाउदै रमाईलो गरिने नेपाली समाज वार्मि्निस्टरका अध्यक्ष एक बहादुर पुनले बताउँदै आफु विना स्वार्थ आफूले सामाजिक कार्य गर्दै आईरहेको र नेपाली समाज हिजो भन्दा आज झन सजिलो बन्दै हरेक क्षेत्रमा नेतृत्व र आफ्नो प्रगति गर्नुपर्ने र आगामी दिनमा आफ्नो संस्थागत वा व्यक्तिगत रुपमा सदैब समाज प्रति सहयोग रहने बताएका थिए ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा संघका कोषाध्यक्ष धन थाडाले गत बर्षको आर्थिक प्रतिवेदन पारादर्शिक गराउदै रात्रि भोजको अन्तिम समय सम्म विश्वजन राई सँग सहकार्य गदै उपस्थित अथितहरुलाई पिय पर्दाथ उपलव्द गराएका थिए । गायिका सुमि राईले केहि गीत प्रस्तुत गरिएको कार्यक्रमलाई संघका सचिब थान रानाले सञ्चानलन गरेका थिए।

प्रतिक्रिया