कोमल गजल:-

इनेप्लिज २०७६ वैशाख ८ गते १८:३२ मा प्रकाशित

सपना जले विपना जले
अनमोलका गहना जले

छरपस्ट भो परिकल्पना
रस पात्रका ढकना जले

परितापले सुख टाढियो
खुसियालीका घटना जले

धमिरा पसे मृदु वागमा
मधुमासमै हसना जले

अवनी रहेन हराभरा
कलकण्ठका झरना जले

छ विरक्त मात्र जताततै
मन हौसिने रचना जले

(संयुता छन्द)
५ मा विश्राम

– कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क

प्रतिक्रिया