श्रीलंकाको गिर्जाघर तथा पर्यटकीय पाहुनाघरमा बिस्फोट, १ सय ६० भन्दा ज्यादाको मृत्यु ,५ सय भन्दा ज्यादा घाइते

इनेप्लिज २०७६ वैशाख ८ गते ११:३१ मा प्रकाशित

श्रीलंकाको राजधानी कोलोम्बो स्थित तीन वटा गिर्जाघर तथा तीन वटा पर्यटकीय पाहुनाघरमा बिस्फोटमा बम बिस्फोट हुदा कम्तिमा १ सय ६० भन्दा ज्यादाको मृत्यु भएको संचार माध्यमले जनाएका छन् । ताजा जानकारी अनुसार हाल सम्म ५ सय भन्दा ज्यादा मानिस घाइते भएका छन ।

न्यू योर्क टाइम्सलाई श्री लंकाको राष्ट्रिय अस्पतालका उप निर्देशकले चिकित्सक समिद्धि समराकुनले हाल सम्म १ सय ८९ मानिस आईतबार दिउसो सम्म मृत्यु भएको जानकारी दिएका थिए । तर सरकारबाट आधिकारिक सूचना आउन बाकि रहेको छ ।

क्रिस्चियन ( इसाई धर्मावलम्बी) हरुले अप्रिल २१ आइतबारका दिन इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित सेन्ट एन्थोनी कोचीकाडे, सेन्ट सेबाएसटीएन नेगम्बो ,जावन गिरिजाघर ,बाट्टीकालोवा ,शंग्रिला होटल( अतिथि गृह) ,सिनामन ग्रान्ड ,किंग्सबरी अतिथिगृह ,कोलोम्बो, देहिवाला माउन्ट लाभिनिया तथा डेमाटागोडा स्थित महाविला उद्यान गरि तीन वटा अतिथि गृह तथा तीन वटा गिर्जाघर मा बम विस्फोट भएको हो।

मृत्यु हुनेहरुमा कम्तिमा २० जना बिदेशी पर्यटकहरु समेत छन् भने बिस्फोट बिहान करिव ८ :४५ मा भएको संचार माध्यमले समाचार लेखेका छन् । श्रीलंकामा आकस्मिक बैठक बोलाईएको छ भने हाल लाई अस्थायी रुपमा सामाजिक संजाल लाई प्रतिबन्ध लगाइएको छ । ३ वटा गिर्जाघरमा ६ वटा बम बिस्फोट तथा ५ तारे होटल ( अतिथि गृह)मा ३ वटा बिस्फोट भएको छ । १० बर्ष अगाडी समाप्त भएको गृह युद्ध पछि यो सर्बै भन्दा ठूलो आक्रमण हो ।

श्रोत :अन्तरराष्ट्रिय विभिन्न संचार माध्यमहरु

तस्बिर :एपी

प्रतिक्रिया