आइडलबाट बाहिरिएपछी उमेश कुमार प्रजाको पहिलो गीत सार्वजनिक । ( भिडियो सहित )

इनेप्लिज २०७६ वैशाख ६ गते १०:५९ मा प्रकाशित

नेपाल आइडल सिजन २ मा थियटर राउन्डबाट बाहिरिएका गायक उमेश कुमार प्रजाको गीत नौलो ठाउँ नौलो गाउँ सार्वजनिक भएको छ । आइडलबाट बाहिरिएपछिको यो उनको पहिलो गीत हो । सार्वजनिक गीतमा शब्द माया लामाको , संगीत राज शुक्र लिम्बुको अनि अरेन्ज बाबुल गिरीको रहेको छ । संगीतमा अत्यन्तै धेरै रुचि भएका गायक उमेश नेपाल आइडलमा भाग लिननै भनेर बिदेशको जागिर र राम्रो कमाई छोडेर नेपाल आएका थिए । संगीत क्षेत्रमा बिशेषगरी आधुनिक गायकीमा आफु चेपाङ समुदायबाट पहिलो गायक हुन सक्ने उनको अनुमान छ । दर्शक श्रोताहरुबाट आइडलमा पाएको माया , सपोर्ट यो गीतबाट पनि पाउने आशा गायक उमेशले राखेका छन ।

प्रतिक्रिया