पोखरामा ६० वर्षिय महिलाले बम छाडेर हिडेपछि स्थानिय त्रसित , बरुद पड्केर एक जना घाइते (भिडियो)

इनेप्लिज २०७६ वैशाख ५ गते २२:०८ मा प्रकाशित

पोखरामा ६० वर्षिय महिलाले बम छाडेर हिडेपछि स्थानिय त्रसित , बरुद पड्केर एक जना घाइते (भिडियो)

पोखराको व्यस्त सडक न्यूरोडमामा भेटिएको बम भेटिएको छ । न्यूरोड स्थित पोखरा ट्रेडमलको पछाडीपट्टी ६० वर्षिय महिलाले बाटोमा बम छोडेर गएको स्थानियले बताएका छन् ।

केही समयअघि मात्रै नोपली सेनाको टोलिले बम डिस्पोज गरिसकेको छ । पोखरा महानगरपालिका वडा ३ नदीपुर स्थित गण्डकी प्रदेशसभाको निषेधित क्षेत्रमा नजिकै फेला परेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जना घाइते भएका छन् ।

कागजको डल्लो बेरेर राखेको अवस्थामा भेटिएको ‘डेटोनेटर’लाई डिस्पोज गर्ने क्रममा बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत नायक धर्मराज थापा थापा घाइते भएका हुन् ।

उनलाई पोखरा स्थित फिस्टेल हस्पिटलमा घाइतेका उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाण्डौं लगिएको छ ।

प्रतिक्रिया