एउटा हृदयविदारक संयोग,मन थामेर हेर्नुहोस ! सक्नेले जन्मदिन मनाए, नसक्ने रोएर बसे ! एउटै स्कुलमा यस्तो देखियो

इनेप्लिज २०७६ वैशाख ३ गते २३:३६ मा प्रकाशित

पोखरा, ३ बैशाख । जन्म दिनको अवसरमा एक बालकले आफ्नो जन्म दिन पोखराको सहिद स्मृति आवासीय विध्यालयमा मनाएका छन् । पोखराको लेकसाइडमा सोसियल मिट जोनका संचालक एवं अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीका अध्यक्ष राजेन्द्र तिमिल्सिना र पुर्णकला राइका छोरा सर्जक तिमिल्सिनाको १० औँ जन्मोत्सब उक्त विद्यालयमा मनाइएको छ ।

जन्मदिन मनाएसंगै उनिहरुले विद्यालयलाई २५ हजार बराबरका शैक्षिक र खेलकुद सामाग्री पनि सहयोग गरेका छन् । देश परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेका सहिदका छोराछोरी पढ्ने स्कुलमा छोराको जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको राजेन्द्रले बताए । छोरालाई समाजसेवाको पाठ सिकाउन र बाहिरि वातावरणमा घुलमिल गराउन आफुहरुले विद्यालयमा ल्याएर जन्मदिन मनाएको उनको भनाई रहेको छ । सर्जकले पनि आफुलाई साथीहरुसंग जन्मदिन मनाउन पाउँदा रमाइलो लागेको बताए ।

प्रतिक्रिया