बसन्त खड्का र नेपाली संगीत

इनेप्लिज २०७६ वैशाख ३ गते २१:५३ मा प्रकाशित

एक संगीत साधक बसन्त खड्का नेपाली गीत संगीतमा चीर परीचित नाम हाे । सानै उमेर देखि गायक बन्ने रहर पालेका बसन्त खड्काले शुरूका दिनहरूमा लाेक गीतमा चाख राखेका थिए ।  २०३७ सालमा सराेज कार्थककाे संकलनमा कर्ममा छैन ….. तामाङ सेलाेबाट याे संगीतिक क्षेत्रमा प्रवेश गरेका बसन्त खड्काले त्यस पछि भरत द्याैरालीकाे संकलनमा धेरै लाेकगीतहरू गाउनु भयाे । सांगीतिक तलाउमा जति डुब्दै गयाे त्यति नै नसा लाग्दै गयाे वहाँलाइ । मनमा अाधुनिक गीत गाउने उत्साह पलायाे   यसैकाे नतिजा स्वरूप उनले संगीतमा पारंगत हुने अठाेट राख्नु भयाे । बडाे मुस्किलले तत्कालिन संगीत बादशाह स्व. अम्बर गुरूङसंग  संगीत सिक्ने चाँजाेपाँजाे मिलाउनु भयाे । नेपाली संगीतका बादशाह स्व. अम्बर गुरूङबाट प्रारंभिक संगीत शिक्षा हासिल गरे पछि भने बसन्त खड्काकाे अाधुनिक गीत गायन तर्फ झुकाव बढ्न गयाे । वहाँले गुरू स्व. अम्बर गुरूङ कै शब्द अनि संगीतमा एउटा अाधुनिक गीत गाउनु भएकाे छ । त्यसपछि अात्म विश्वास बढेर वहाँले अाफ्नाे पछिल्लाे सिडि एल्बममा  गजलहरू समावेश गरी अाफ्नाे गायकी काे पहिचान छाेड्न सफल हुनु भयाे । अहिले रेडियाे नेपाल तथा अन्य एफ् एम् हरूमा बसन्त खड्काका निखारीएका स्वरहरू सुन्न सकिन्छ ।

शुरूका दिनहरूमा  गीत रेकर्ड गर्न कम सजिलाे भने थिएन । भरखर भरखर प्राइभेट रेकर्डिङ स्टुडियाेहरू संचालनमा अाए । अार्थिक तवरबाट महंगाे र जाेखिम पनि भएकाेले लगानी गरीहाल्न जाे काेहिलाइ पनि सहज भने थिएन ।  सांगीतिक यात्रामा हिड्दै जाँदा धेरै लगाव र लहडै लहडमा वहाँले पहिलाे एल्बम छहरा निकाल्नु भयाे ।  क्यासेट बिक्रि भने सन्ताेषजनक रूपमा भएन । केहि ज्ञान र गायकीकाे दर्जामा अाफूलाइ राख्नु बाहेक अन्य उपलब्धि मिलेन । तैपनि हरेस नखाइ  फेरी अर्काे क्यासेट एल्बम लालीमा लाइ बजारमा प्रस्तुत गर्नु भयाे । यसमा भने रत्न शम्सेर थापा, शंकर प्रेरणा सराेज कार्थकका लगायत अन्य गीतकारहरूका गीतहरूलाइ सुक्मीत गुरूङ, लाेचन भट्टराइ, पबित्रा सुब्बाहरूसंग डुयट गीतहरू बजारमा पस्कनु भयाे ।  । याे क्रममा वहाँलाइ स्व. अम्बर गुरूङका शब्द संगीतमा रहेकाे गीत गाउन पाउँदा जीन्दगी भरकाे सन्तुष्टि प्राप्त गरे झैं भान भएकाे थियाे रे । यसबाट अाफ्नाे कृतिमाथि वहाँ गर्व गर्न थाल्नु भयाे । याने कि बिक्री चित्त बुझ्दाे थियाे । नहाेस् पनि कसरी त्यसताका अन्य  सहकर्मी  गायक कलाकारहरूकाे दाँजाेमा बसन्त खड्काले अाफ्नाे पहिचानलाइ बेग्लै रूपमा स्थापित गरी सक्नु भएकाे थियाे ।   नेपाली संगीत क्षेत्रमा पहिलाे पल्ट अडियाे क्यासेट विमाेचन गरी बजारमा ल्याइएकाे थियाे । वहाँले त्याे बेला कमल पाेखरीकाे रसियन कल्चर सेन्टरमा अाफ्नाे एल्बमकाे विमाेचन गराउनु भएकाे थियाे । त्यस बेलाका संगीतका हस्तीहरू र संगीत बादशाह स्व अम्बर गुरूङद्वारा विमाेचित लालीमाकाे क्यासेट बिक्रीमा देखिएकाे सुचाङ्कले तत्कालिन अन्य कलाकारहरूमा समेत प्रेरणा मिलेकाे थियाे ।

छहरा, गाेधुँली, लालीमा, मृगतृष्णा हुँदै वेष्ट अफ बसन्त खड्का  भाग १ सम्म पुग्दा वहाँले लगभग २५० जतिकाे हाराहरीमा लाेक तथा आधुनिक गीत र गजल गाइसक्नु भएकाे थियाे । त्यसका अलावा वहाँले वरिष्ठ  गीतकारहरू स्व. हरीभक्त कटुवाल, कालि प्रसाद रीजाल, रत्न सम्सेर थापा, श्रीपुरूष ढकाल, शंकर प्रेरणा, यादब खरेल, प्रा. विश्वम्भर प्याकुरेल, सराेज कार्थक लगायत अन्य गीतकारहरूका गीतमा स्वरांकन गरी सक्नु भएकाे छ ।   अनि गजल बिधा तर्फ बुँद राना, ललीजन रावल, धिरेन्द्र प्रेमर्षी, मनु बाज्राकि, रबि प्रान्जल, बिजय बजिमय र ज्ञानुवाकर पाैडेल र सुनिल पुरीका रचनाहरूलाइ स्वर दिइ सक्नु भएकाे छ । उसैगरी वहाँले गाएका गीतमा  संगीत  शुभ बहादुर, शम्भुजित बास्काेटा, भुपेन्द्र रायमाझी, सराेज कार्थक, न्हु बज्राचार्य, प्रकाश गुरूङ लगायत अन्य संगीतकारहरूकाे  थियाे ।

याे पूर्ण सांगीतिक यात्रामा मिक्सिङ र धेरै गीतहरूकाे म्युजिक एरेन्जकाे प्रमुख श्रेय प्रतिष्ठीत संगीतकार दीप तुलाधरलाइ जान्छ । याे क्रममा बसन्त खड्कालाइ स्व. अम्बर गुरूङका शब्द संगीतमा रहेकाे गीत गाउन पाउँदा जीन्दगी भरकाे सन्तुष्टि प्राप्त गरे झैं भान भएकाे थियाे रे ।

 

पेशाले बसन्त खड्का WHO  Blindness Programme अन्तर्गत सन् 1982 – 2005 सम्म आखा अस्पतालमा कार्यरत थिए । त्यसपछिकाे रिटायर्ड लाइफ उनी सपरीवार लगातार अमेरीकामा बस्दै आ इरहेका छन् । केहि दिन अघिमात्र काठमाडाैं आइपुगेका उनी एउटा एल्बम द वेष्ट अफ बसन्त खड्का  भाग २ का गीतहरू निकाल्न तल्लीन छन् । आफन्तहरूसंगकाे भेटघाट र गीत रेकर्डिङले भ्याइ नभ्याइ भएर अति व्यस्त देखिने बरीष्ठ गायक बसन्त खड्का केहि दिनकाे बसाइ पछि पुनः अमेरीका फर्कदै हुनुहुन्छ ।

निकट भबिष्यमा वहाँकाे नयाँ गीतहरू श्राेता र दर्शक सामु आउदैछ । संगीतका पारखीहरू लामाे  समयकाे  अन्तराल पछि पुनः बसन्त खड्काकाे  स्वरमा मन्त्र मुग्ध हुने दिनकाे व्यग्र  प्रतिक्षामा छन् ।

Source : Lok Darshan Online

प्रतिक्रिया