पब्जी खेल बन्द भएपछि नेपालमा देखियो यस्तो प्रभाव, मच्चियो खैलावैला (भिडियो)

इनेप्लिज २०७६ वैशाख २ गते २१:४२ मा प्रकाशित
पिएनपिखबर : सोच्दै नसोचेको कुरा एक्कासी भइरहेको थियो हामी माथि। यदि पहिले नै थाहा हुन्थ्यो भने केही न केही उपाय जरुर लगाउन सक्थ्यौ तर हाम्रा सबै बाटाहरु बन्द भैसकेका थिए एक्कासि आएको पहिरोले पुरे जस्तै पुरेको छ अहिले हामीलाई। सायद यस्तै यस्तै सोचिरहेका छन् होला नेपालका पब्जी प्लेयर युवाहरु।

 

सब कामधन्दा छोडेर पब्जी पब्जी भन्ने नेपालका युवापिढी अहिले दंग परेका छन् कारण नेपालमा सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको छ । बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

पछिल्लो समय बालबालिका , किशोर किशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाइएको हो ।

मनोचिकित्सकहरूका अनुसार यो खेलले मानवलाई हिंसातिर धकेलिरहेको छ । केही समय अगाडि छिमेकी मुलुक भारतका केही सहरमा यस खेललाई प्रतिबन्धित लगाइसकेकाे छ । गुजराँतमा यो खेल खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको खबर भारतीय मिडायामा समेत आएको थियो ।

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल खेल खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको थियो ।

अहिले नेपालमा समेत पब्जी खेल्न प्रतिबन्ध लगाइए पछि पब्जी खेल्मा मस्त भएका युवापुस्ताहरुले सामाजिक संजालमा विभिन्न खालका त्रोल पोस्ट गरेका छन् भने कतिपय चाही खुसीले फुरुंग भएका छन्।

केहि ट्रोलहरु यस्ता छन् :

“अनि पढेर जागिर नपाएर पनि कयौले suicide गरेका छन

अब Education पनि Band गरे भयो त😋

मैले तिम्लाइ माया गरे
तिम्ले PUBG लाई गरेउ दिक्क भो
सरकारले PUBG BAN गर्यो ठिक्क भो” 😂

“PUBG ban भएपछी आज आमा
बाउ सङ्ग धेरै गफ गरियो,
last मजाको मान्छे रैछन।”

“#Porn ब्यान्ड🚫
#Pasupati शर्मा को गित ब्यान्ड🚫
#PUBG ब्यान्ड🚫
यो साल #P बाट नाम आउने लाई खत्रा रैछ”

पब्जी खेल बन्द गर्ने समाचार प्राप्त हुने बितिकै एक माहिला निकै खुसी भएको भिडियो भाइरल भएको छ । सरकारले बिहिबारबाट नै पब्जी खेल बन्द गर्ने घोषना गर्ने वितीकै पब्जी खेलेर हैरान बनेका परिवारमा पक्कै खुसी नै हुन्छ । त्यस्तै भयो एक महिलामा पनी उनी पब्जी बन्द भएको खबरले निकै खुसी भएको भिडियो बाहिरिएको छ ।

सागर तीवारी नामक सामाजिक संजाल फेसबुक पेजबाट सियर भएको उक्त भिडियो सिता तिवारी सामाजिक संजालमासंग जोडिएको छ । उक्त भिडियोकोमाथि मेरो आमा पव्जी बन्द भएपछि रुने की हाँस्ने अवस्थामा भन्दै भिडियो सियर गरेका थिए ।

सिता तिवारीले उक्त भिडियोमा पब्जी बन्द भयो उठ्यो बस्यो भन्दै पव्जी बन्दा गर्ने सरकारलाई धेरै धरै धन्यबाद दिएकी छन् । उनको यो भिडियो एक घण्टामा एउटा प्रसनल फेसबुकबाट पनि लगभग दुई हजार सियर हुन थालेको छ । यो भिडियोबाट प्रस्ट हुन्छ यसरी धरैको आमाहरु रमाउन थालिसकेका अनुमान लगाउन सकिन्छ । तर यो खेल खेल्नेहरु भने यतिखेर निराश भएको छ ।

बच्चाहरुले पब्जी खेलेको देखेर दिक्क भएकी सिता तिवारी पब्जी बन्द हुने खबर पाउने वितिकै खुसी भएकी उनको छोरा सागर तिवारीले बताए । मनोचिकित्सकहरूका अनुसार पब्जीले हिंसा निम्त्याउछ , रोगको पैदा गर्छ । यो खेलले समयलाई पनि बर्वाद गर्ने हुँदा भविश्य नै अन्योलमा पार्न पनि पछि पर्दैन । प्रत्यक परिवारमा पब्जीको ठूलो असर परेको यो भिडियोबाट नै प्रस्ट हुन्छ । बाटो, गाडिमा हिड्दा कतिपयले पव्जीले गर्दा परिवारमा झगडा पर्न थालिसकेको सुन्नमा आएको छ ।

यस्ता धेरै घटनाहरु घटेकोले गर्दा नै नेपालमा पब्जीले अरु हानी नपुराओस भन्ने मनसायले पब्जी प्रतिबन्ध गर्नु तपाइलाई कस्तो लाग्यो। कृपया तपैले आआफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेख्न सक्नु हुन्छ। साथसाथै हामी अन्य भिडियोको अपडेट पनि तपाईहरु माझ प्रस्तुत गर्ने छौ त्यसको लागि पिएनपी मिडियालाई सब्सक्राइब गरेर सब्सक्राइब संगैको घन्टी दबाउनु होला।

प्रतिक्रिया