गैह्र आवासिय नेपाली अर्गनाइजेसन नेपाल एन.आर.एन ए. चुनावी माहोलको सन्दर्भमा

ज्ञान के.सी. न्युयोर्क २०७६ वैशाख २ गते २१:१८ मा प्रकाशित

ज्ञान के.सी. न्युयोर्क,

यो सस्था सन २००३ मा स्थापित बिदेशमा रहेका गैर आवासिय नेपालीहको हक हित अधिकार र कर्तब्यका लागी अभिभावकिय भुमिका निर्बाह गर्ने स्थापित सस्था थियो । यस सस्थाको आबस्यकता र बिदेश प्रबेश गर्ने नेपालीहरुको अत्याधिक चापका कारण यसको रुप आकार स्वभाविक रुपमा बढुनु ठुलो कुरा होइन । वास्तवमा जो आबस्यक थियो । त्यसको आबिस्कार भयो । यस्मा सबै शुभचिन्तकलाई यस्को श्रेय जान्छ र यसमा कटिबद्द भएर आजको दिनसम्म यसलाई पालन पोषण र संरक्षण गरि कानुनी रुपमा परिचित गरि बिश्व सन्जालर्र्मा आजको नेपाली सधैका नेपाली ं भन्ने नारालाई बिश्वमा रहेका सबै नेपाली मार्फत फैलाएर जन्मभुमी प्रति आकर्षित गर्न बिभिन्न क्षेत्रबाट चालेका कदमहरु सह्रानिय नै छन ।

मानिस सामाजिक प्राणी हो र समाज बिना बाच्न सक्दैन र उच्च आकांक्षाका साथ प्रतिष्ठित भएर जीउन चाहन्छ । स्वतन्त्रता समानता र मानव हित तथा आम जीबन यापनका क्रममा संसारभर बिभिन्न उदेश्यले परदेशमा जीबन बिताउन शायद कसैलाई रहर हुदैन । वास्तविक रुपमा हेर्दा मानिसका उदेश्य चाहनाले मानिसलाई परिवार देखी टाढा बनाउछ र बाध्यतामा अर्कै संसारको परिकल्पना गर्न पुग्छ । त्यसै गरि हामी नेपालीहरु अमेरीका भरिका ५० सै राज्यमा फैलिएका प्रमाणहरु छरपष्ट भै रहदा आज एन आर एन सस्था १६ औ बर्षको लकका जवान र वालिक अबस्थामा पुग्दै गर्दा यस्ले आफुलाई मात्र चिनाएर पुग्दैन । अमेरीका भनेको बिश्वमा प्रबिधिमा गनिने देश हो र बिज्ञान र प्रबिधिका क्षेत्रमा यसको झनै शान छ र त्यसैको गुलियोमा हाम्रा र राम्रा भनिने देशका युवा शक्ति यहि चुर्लुम्म फसेको बिषयमा भनिरहन पर्दैन । तर यहा बास्तवमा ब्यबहार नभएको वा नआएको खास कुरा चाहि गैर नेपाली आवासिय नेपालीहरुको जनसंख्या अरु कसैले भन्दीएको, लेखि लेखाइ दिएको भरमा रहेको बारेमा भनिरहनु नपर्ला ।

अमेरीकामा रहेका हामी नेपाली ७७ जिल्लामा अनुबन्धित छौ तर ३०० जति सस्था अमेरीका मै दर्ता भएको अनुमान सानो कुरा हैन र पनि कतिपय सस्थाले आफना भेग र भागलाई मध्य नजर राखेर आफनो र आपसी कल्याणकारी काममा बिबाद रहित र शुन्य स्थितीमा सन्चालित रहेका पनि छन ।

तर एन आर एन भनेको अभिभावक हो र बिबादित किन बनिरहेछ ?

१) पटक पटक आफनो बाटो आफै नहिड्दा २) अरुलाई त्यो बाटोमा ल्याउने प्रयास नगर्दा ३) अमेरीकामा रहेका नेपालीहरुका लागी हितको लागी मयार्दीत रुपमा हिडन नसकेको या नदिएको ४) यथार्थ जनसंख्यालाई मुख्य मुद्दा बनाउन नसक्नु ५) आज बोलेर प्रतिबद्दता जनाएका कुरा दुई बर्षे मौसमी खेतीको रुपमा प्रयोग गर्नाले ।

अन्तमा समाज सेवा निरन्तरताको प्रायबाची भनेपनि हुन्छ । यो समाजमा रहेर घुलमिल हुने सबै नेपाली आफनो मुलुकका मात्र नभै सबै समुदायका मानिससंग मिलेर काम गर्न जान्नुपर्ने हुन्छ र उनहिरुबाट सिक्नुपर्छ । तर हाम्रा अग्रज बर्गहरु के को लागी हो ? दल समर्थक, बल समर्थक,जान समर्थक, सन्जाल समर्थक अनेक गरेर आपसमा हामी सामान्य मतदातालाई भ्रम फैलाउदै हिडनुहुन्छ । वास्तवमा कस्को पछि लाग्ने सधै राम्रालाई छानौ अब त चाल्नो पनि फाटी सक्यो । जो गएपनि यहा रहेका नेपालीलाई पहिला र मातृभुमीको लागी नै केही राम्रो कर्म गर्ने हो । त्यसैले उमेदवार हुने जो कोहीले बिधान र बिधानलाई परिमार्जित र बिश्लेषण गरी समाबेसी आबस्यकतालाई बुझने गरि अगाडी बढौ ।

प्रतिक्रिया