७ वटै प्रदेशमा रेडक्रसको निर्वाचन सम्पन्न ः केन्द्रीय सभाको मिति तोकियो

इनेप्लिज २०७६ वैशाख १ गते १५:३५ मा प्रकाशित

चैत्र २० गते ५ नंवर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारभ्भ गर्नुभएको लुम्बिनीमा सप्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका शम्भु पोख्रेललाई अध्यक्ष, रुपन्देहीका कृष्ण पगेनीलाई महासचिवमा र कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मालाइ निर्वाचित गरिको हो ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत हुनुहुन्छ ।

केन्द्रीय सभाको मिति तोकियो :

नेपाल रेडक्रसको केन्द्रीय सभाको अधिवेशन सुनसरीमा वैशाख २३ देखि २५ सम्म आयोजना हुने गरी मिति तोकिएको छ । यस पटक गत विशेष अधिवेशनबाट पारित विधानको व्यवस्था अनुसार हरेक पदहरुमा निर्वाचन गरी नेतृत्व केन्द्रीय चयन हुनेछ ।

प्रतिक्रिया