नयाँ बर्षको शुभकामना सुरेन उप्रेती

इनेप्लिज २०७६ वैशाख १ गते १४:०० मा प्रकाशित

नव वर्ष त्यस्तो आओस
सबैमा हित भाव छाओस
चारै तर्फ अवशर पलाओस
श्रमले सधै सम्मान पाओस

विकास निर्माणको बाढी आओस
प्रदेशीएकालाई देशले बोलाओस
बिछोड़ीकालाई मिलन गराओस
ऋणमा डुबेका लाई मुक्त गराओस

सुरक्षाको प्रत्याभूती देओस
लूटेको धनलाई फिर्ता गराओस
घुसखोरीको सातो जाओस
ईमानदारको मनोबल बढाओस

गुंडागर्दी निर्मूल पारोस
जालझेलको जिलोनै हारोस
कुरीतिलाई खाडलमा छोपोस
बलातकारिलाई भालाले रोपोस

महाबिर,रुइतको पहिचान गराओस
बिज्ञान र प्रबिधि तिब्र बढ़ाओस
सवैलाई स्वास्थ्यको चेतना दिलाओस
निरोगी , ख़ुशी र शुखी बनाओस ।।।

सामाजिक काममा सबैलाइ जुटाओस
धुर्मूस, सुन्तली, रबी स्वेता धेरै जन्माओस
पत्रकारलाई पत्रुकार हुनबाट जोगाओस
लेखकलाई स्तुति गानबाट मुक्त गराओस

कर्मचारीलाई पब्लिक सरभेंट हुँ भन्ने बोध गराओस
राजनीति चै ,सामाजिक सेवा हो भन्ने होस पलाओस
सबै पेशाबाट राजनीतिलाई अलग गराओस
शिक्षकहरूलाई ,गुरूहरूको सम्मान दिलाओस

ब्यभिचारी,र भ्रस्टलाइ बहिष्कार गराओस
तस्कर र कालो बजारियाको होस हराओस
सबैका मन शांत भई बुद्धभाव आओस
दीन दुःखी प्रति करुणा पलाओस

भूमाफ़िया , मालपोत माफ़ियाको सातो उड़ाओस
सुन भित्र्याऊने, र तीनलाई जोगाउनेको पहिचान गराओस
हाउड़ा,लाउड़ा ,वाइडबड़ीमा कमिसन खानेको जालो केलाओस
भ्रष्ट राजनारान मार्काहरुलाई सार्वजनिक गराओस

नव वर्ष त्यस्तो आओस
सबैमा हित भाव छाओस
चारै तर्फ अवशर पलाओस
श्रमले सधै सम्मान पाओस

नयाँ बर्ष २०७६ सालको शुभकामना

प्रतिक्रिया