आखिर किन? मनोचिकित्सक खोले रहस्य।।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत ३० गते १७:४९ मा प्रकाशित

वरिष्ठ मनोचिकित्सक कपिल देब उपाध्यायले पब्जी गेम मात्र नभइ स्मार्ट फोन प्रयोगले नै समग्र असर गरिरहेको बताउनु भएको छ । पब्जी मारपिट एबंम गोलाबारुद र हतियार प्रयोग भएको देखिने युद्ध को खेल भएको र युद्ध एकले अर्का बिरुद्ध जित्नै पर्ने मानसिकतामा आधारित खेल भएको ले यस्तो खेलले बच्चाहरु र युवाहरुमा गम्भीर मानसिक प्रभाव र नकारात्मक असर पारेको उल्लेख गरेका छन ।

पछिल्लो समय मानसिक रोगी को सङ्ख्या सहरी जीवन मा बढी रहेको बताउदै नेपालमा मनोरोगी को अवस्था भारत पाकिस्तान का मानसिक रोगी को अवस्था जस्तै समान प्रकृतिको रहेको समेत बताउनु भएको छ । बिकसित देशमा जनताका आधारभुत आवस्यक्ता पूरा गर्न र प्राकृतिक सम्पदाको रक्षा गर्न राज्य सफल भएकोले मानसिक स्वास्थ्य सबल भएको भन्दै हाम्रो जस्तो अबिकसित गरिब देशले पनि मानसिक र समग्र स्वास्थ मजबुद राख्न खान पान ,प्राकृतिक सम्पदा को सुरक्षा र बालबालिका देखि उच्च शिक्षा सम्म देश भक्ती सहित को नैतिक शिक्षा लागू गर्नु अनिवार्य रहेको समेत बताउनु भएको छ । पछिल्लो समय माओबादी जनयुद्ध र भुकम्प प्रभावित छेत्रमा परेका मानिसहरूमा गम्भीर मानसिक समस्या देखिएको भन्दै मानसिक रोगिहरुको स्वास्थ्य सुरक्षामा सरकारले राम्रा कार्यक्रम ल्याउन खोजेपनी सबैको पहुच पुग्न नसकि रहेको समेत बताएका छ्न ।

प्रतिक्रिया