आँचल शर्मालाई दालभात तरकारी नै मिठो, मह संचारको छोरी भन्दै किरणले यसरि गरे उनको तारिफ (भिडियो सहित)

इनेप्लिज २०७५ चैत २९ गते ११:१३ मा प्रकाशित

ईटहरी/ बैशाख २० देखी देश व्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’ यतिबेला मोफसल यात्रामा छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर १० शहरको कन्सर्ट समापन पछी सक्किने छ । चैत्र २५ गते बिर्तामोडबाट सुरु भएको टुर यतिबेला विभिन्न शहरमा कन्सर्ट गर्दै हिडिरहेको छ । यसै सिलसिलामा नायिका आचल शर्माले आफुलाई अन्य खानेकुरा भन्दा दाल भात तरकारी नै मन पर्ने सुनाएकी छिन । हेर्नुस आँचल र किरण केसी संग गरिएको रमाईलो कुराकानी

आचलले अहिले यो फिल्मको प्रोमोसनमा नहिडे पनि आफुलाई दाल भात तरकारी नै मन पर्ने बताईन भने किरण केसीले आँचलको खुलेरै तारिफ गरे । उनि मह संचारको छोरी हुन् भन्दै छायांकनको क्रममा उनले कुनै किसिमको दुख नदिएको सुनाए । यस्तै आँचलको अभिनय सत्रु गतेमा भन्दा यो फिल्ममा निक्कै निक्खारिएको बताए ।

दाल भात तरकारीको कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी छन् । यसैगरी गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको पनि कन्सर्टमा सहभागी छन् । दाल भात तरकारीको वैशाख ४ गते पोखरामा कन्सर्ट गरेपछि मोफसल यात्रा सकिनेछ । महसंचारले निर्माण गरेको र सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी र सामाजिक कथावस्तुमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया