पियु रुटिन काण्ड : हेल्लो पियु हाम्रो रुटिन कैले आउँछ ?

इनेप्लिज २०७५ चैत २८ गते २२:५६ मा प्रकाशित

हरेक विद्यार्थी कलेज भर्ना भएर पढ्न सुरु गरेपछी परिक्षा दिएर नतिजा नआए सम्म उसको क्षमता र योग्यता निर्धारण हुँदैन तर पोखरा विश्वविद्यालयमा भने परिक्षा सकेर अर्को सेमेस्टर शुरु हुने बेला सम्म पनि परिक्षा तालिका सार्वजनिक नहुंदा हजारौं विद्यार्थी अन्यौलमा परेका छन्।

पोविले २ पटक सम्म तोकिएको परिक्षा मिति पनि अर्को सूचना जारी नभए सम्म स्थगन गरेपछि यता स्ववियुले दोश्रो चरणको आन्दोलन शुरु गरेको छ।
पहिलो चरण अन्तर्गत पोवि का सम्पुर्ण कर्मचारीले सेवा सुविधा अन्तरगत रहेको सवारी साधनमा पुर्ण रोक लगाएको थियो भने दोश्रो चरणमा पोविका पदाधिकारी हरुको व्यक्तिगत सम्पर्क नम्वर हरु सार्वजनिक गरेको छ।

सम्पर्क नम्वर सार्वजनिक लाई रचनात्मक आन्दोलनको रुप दिईएको स्ववियु सभापति सुनिल तिमिल्सिनाले जानकारी दिएका छन्। आईतवार जारी विज्ञप्तीमा पो वि प्रशासन तथा परिक्षालाई यथाशीघ्र परिक्षा मिति र तालिका सार्वजनिक ध्यानाकर्षण गराएको थियो । सभापति तिमिल्सिना र सचिब सुरज परियार हस्ताक्षरित विज्ञप्तिमा हजारौं विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरे अझै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाईएको थियो।

यता विश्वविद्यालय प्रशासन मौन बस्नुले हजारौं विद्यार्थीले परिक्षाको तयारी गरे पनि परिक्षा अन्यौल वन्दा विद्यार्थीमा नैरास्यता हावी वनेको देखिन्छ।सामाजिक संजाल देखि ट्रोल सम्म विश्वविद्यालयको स्थगित परिक्षा वारे कडा टिप्पणी गरिएको भेटिन्छ । भर्खरै मात्र १६ औं दिक्षान्त सम्पन्न गरेको विश्वविद्यालयले परिक्षा तालीका वारे मौन देखिन्छ ।

प्रतिक्रिया