ताजा समाचार : विकिलिक्सका संस्थापक जुलियन एसान्ज लन्डनमा पक्राउ

इनेप्लिज २०७५ चैत २८ गते १०:४९ मा प्रकाशित

विकिलिक्सका संस्थापक जुलियन एसाञ्जलाई लन्डनमा प्रहरी द्वारा पक्राउ गरिएको ताजा समाचार छ । उनलाई ईक्वाडोर राजदुताबासबाट अप्रिल ११ बिहिबारका दिन पक्राउ गरिए को हो ।

लन्डन महानगरीय प्रहरी अधिकारीहरु ईक्वाडोर राजदुताबास गएर पक्राउ गरेका हुन् । एसान्ज बिगत ७ बर्ष देखि बस्दै आएका थिए । उनलाई सन् २०१२ देखि नै अदालतमा हाजिर हुन् र अदालतमा समर्पण गर्न आदेश दिईएता पनि उनि उपस्थित हुन नसके पछि उनलाई पक्राउ गरिएको हो ।

लन्डन प्रहरीका अनुसार उनलाई मध्य लन्डन प्रहरी हिरासतमा राखिएको छ । उनलाई दुई युवती माथि यौन दुर्ब्यबहार गरेको आरोप समेत छ । उनले आफूले कुनै गल्ति नगरेको बताउदै आएका छन् ।

४७ बर्षिय जुलियन लाई लन्डनको वेस्ट मिनिस्टर म्याजिसट्रेट अदालतमा जुन २९,२०१२ मा हाजिर हुन् नटेरेको कारण पक्राउ गरिएको हो ।

प्रतिक्रिया