पोखरामा घट्यो कहालीलाग्दो घटना-संगै हिडेका श्रीमान नहरमा खसे,श्रीमतीले गुहार माग्दा माग्दै श्रीमान परलोकमा (स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ चैत २८ गते १०:४९ मा प्रकाशित

बुधबार साझ ९ बजे तिर पोखरा महानगरपलिका वोड न.१२ शितलदेवि बस्ने श्रीमान थुलुंगका श्रीमान श्रीमती होटेल बन्द गरेर घर फर्कीए दिउसोभर ब्यस्त रहेन यो जोडीले सडकमा मोटरको चाप कम देख्यो र निर्णय गर्यो सडकमा मोटरहरु कम छन् सडक पनि खाली होला यही बेलामा स्कुटर सिकौ !

स्कुटरमा श्रीमान श्रीमान थुलुंग राई पछाडी बसे तर उनिलाई के थाहा थियो यो सिकाइले जिन्दगी सिदाउदै छ भन्ने जब उनिहरु नहरको बाटो काटने क्रममा थिए स्कुटर पुलको रेलिंगमा ठोक्कियो अनि पछाडी रहेका श्रीमान रेलिंगको बीचबाट हेलमेट सहित नहरमा खसे श्रीमती गुहाए माग्दै मेरो बुढालाई लाग्यो भन्न थालिन रातको समय अनि पानीको बहाब उस्तै तेज कोहीले बचाउन सक्ने कुरै भएन !

केहि समयमा खबर आयो लाश दुई नहरको दोबानमा भेटियो भनेर त्यसपछी अस्पताल पुराउदा पोखराको माटोलाई संगीत भरिरहेका श्रीमान थुलुंगको इहलिला समाप्त भइसकेको थियो

पूर्वबाट दुई दशक अघि पोखरा आएका थुलुङले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी थुप्रै संगीतसाधकलाई जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि गर्दै आएका थिए । यहाँका सांगीतिक कार्यक्रमहरुमा आफै हार्मोनियम, तबला लिएर उनी पुग्थे

घटनास्थलमा पुग्दा स्थानीबासीले जे भने त्यो भने सामान्य छैन l स्थानीबासीलाई उक्त नहरले बगायो भन्ने खबर खासै नौलो रहेनछ र त भन्दै थिए यस्ता त कयौ पटक भए कहिले प्रशासनले देख्छ यो भने थाहा छैन

हेर्नुहोस घटनास्थलमा यस्तो देखियो प्रतक्ष्यदर्शी यस्तो भन्छन्

 

प्रतिक्रिया