कविता – सन्नाटा अनि म

सुनिता राई कन्दङवा २०७५ चैत २८ गते १:०७ मा प्रकाशित

धेरै रात भो

असंयम

हावाहुन्डरी चलेको

सायद उसलाई थाहा थियो

मेरो दसा

 

म चुपचाप नियालिरहे

झ्यालको खापाबाट

ती अदृश्य आर्तनादहरु

चिच्याइरहेको

 

घरीघरी हिक्का छोडदै

उनका भावाबेगहरु यस्तरी पग्लिएर

दर्किरहे धरधरी

आक्रोश पोखेर चट्याङ

तिलमिलाइरह्यो ब्रह्माण्डभरी

अत्यसलाग्दो वातावरण स्तब्ध

सन्नाटा

अनि

 

धेरै दिन पछि

आज उ शान्त छ

सायद

उ मलाई हेरिरहेको छ उसैगरी

जसरी मैले चुपचाप हेरेथे झ्यालको खापाबाट

फरक यति थियो

उस्को आर्तनादहरु

यस सृष्टिका समस्त सुनिरहेथ्यो

म भित्रको कोलाहल

बस मै मात्र सुनिरहे… ।

 

सुनिता राई कन्दङवा

प्रतिक्रिया